काठमाडौं । चर्चित लोकदोहोरी गायिका सुनिता दुलाल पहिलो सन्तानलाई जन्म दिँदै आमा बन्ने भएकी छन्।
सोमबार सामाजिक सञ्जालमा बेबी बम्पसहितका तस्बिर सार्वजनिक गर्दै दुलालले आफू आमा बन्ने यात्रामा रहेको जानकारी दिएकी हुन्। उनले फेसबुकमा आफ्नो जीवनको यो समयलाई सबैभन्दा सुन्दर अध्यायका रूपमा उल्लेख गरेकी छन्।
‘मेरो जीवनको सबैभन्दा सुन्दर अध्याय। आमा बन्ने यात्राका यी अमूल्य पलहरू,’ उनले फेसबुकमा लेखेकी छन्।
यसअघि पनि दुलालले तीजको गीतमा पति राजेश केसीसँग नाचेको भिडियो टिकटकमार्फत सार्वजनिक गर्दै आफू गर्भवती भएको संकेत दिएकी थिइन्। सुनिता र राजेशले गत मंसिर १३ गते विवाह गरेका थिए।
बेबी बम्पसहितका तस्बिर सार्वजनिक
दुलालले सामाजिक सञ्जालमा बेबी बम्प देखिने तस्बिर सार्वजनिक गर्दै मातृत्वको खुसी साटेकी छन्। उनले आमा बन्ने क्रममा आएको चमक, बढ्दो पेट र आफूले अनुभव गरिरहेको सुन्दर यात्रालाई तस्बिरमार्फत कैद गरेको बताएकी छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्