ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘१२ गाउँ–२’को डबिङ सुरु, दशैंमा प्रदर्शन हुने


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   १२ : ३५   बजे

काठमाडौं । अभिनेता समिर भट्ट मुख्य भूमिकामा रहेको चलचित्र **‘१२ गाउँ–२’**को डबिङ सुरु भएको छ। समिर भट्टले आइतबार काठमाडौंस्थित ग्लोबल रिल मोसन पिक्चर्समा चलचित्रका लागि स्वराङ्कन गरेका हुन्।

निर्देशक विराज भट्टले समिरसँगै अनुपविक्रम शाही, कालु रानालगायत कलाकारको डबिङ गराइरहनुभएको छ। चलचित्र दशैंको अवसर पारेर असोज ३० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

‘१२ गाउँ–२’ सन् २०२४ मा प्रदर्शनमा आएको सफल चलचित्र **‘१२ गाउँ’**को सिक्वेल हो। एक्सन अभिनेता विराज भट्टको निर्देशनमा बनेको पहिलो शृंखलाबाट समिर भट्ट उदाउँदो स्टारका रूपमा स्थापित भएका थिए।

ठूलो क्यानभासमा सिक्वेल

पहिलो शृंखलाको सफलता र समिर भट्टको बढ्दो लोकप्रियताका कारण ‘१२ गाउँ–२’लाई प्रतिक्षित चलचित्रका रूपमा हेरिएको छ। निर्माण पक्षका अनुसार सिक्वेललाई अझ ठूलो क्यानभास, नयाँ कथा, सशक्त प्रस्तुति र उच्च प्राविधिक गुणस्तरसहित तयार पारिएको छ।

चलचित्रमा एक्सनसँगै भावना र पारिवारिक कथालाई पनि प्राथमिकता दिइएको निर्माण पक्षले जनाएको छ।

पोस्ट–प्रोडक्सन तीव्र

डबिङसँगै चलचित्रको पोस्ट–प्रोडक्सनका अन्य प्राविधिक काम पनि तीव्र गतिमा अघि बढिरहेका छन्। डबिङ सम्पन्न भएपछि गीत, ट्रेलर तथा अन्य प्रचार सामग्री क्रमशः सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ।

चलचित्रमा विराज र समिरसँगै अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटनी, खुसी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहिलसिंह ठकुरी र पूर्णबहादुर गन्धर्वलगायत कलाकारको अभिनय रहेको छ।

सन्तोष सरकारले कथा तथा पटकथा लेखेको चलचित्रको छायांकन महेश पौडेलले गरेका छन्। द्वन्द्व निर्देशन स्टन्ट सिल्भा र शंकर महर्जनले गरेका छन् भने ब्याकग्राउन्ड म्युजिक कालाचरण र गीता गुरप्पाले तथा नृत्य निर्देशन सियोन श्रेष्ठले गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ढुङ्गे क्षेत्रमा यातायात सेवा सञ्चालनमा, बेत्रावतीसम्म पुग्न सहज

हेटौँडा–काठमाडौँ आवागमनमा ‘वान वे’ प्रणाली लागू

सम्बन्धित

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

गाईजात्रा सुरु : दिवङ्गत आफन्तको सम्झनामा राजधानीमा झाँकी र नगर परिक्रमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu