काठमाडौं — नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको शब्द रहेको चर्चित गीत **‘सिक्का नोटैमा’**ले युट्युबमा एक करोडभन्दा बढी भ्युज पाएको छ।
सार्वजनिक भएको करिब एक महिनामै गीतले १० मिलियन अर्थात् एक करोड भ्युज पार गरेको हो। गीतले उक्त आँकडा पार गरेपछि निर्माण टोलीले केक काटेर खुसीयालीसमेत मनाएको छ।
पछिल्लो समय सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको ‘सिक्का नोटैमा’ टिकटकसहित विभिन्न डिजिटल प्लेटफर्ममा समेत लोकप्रिय बनेको छ।
गीतमा आईजीपी कार्कीको शब्द रहेको छ भने मेलिना राई र समीर खरेलले स्वर दिएका छन्। गीतमा संगीतसमेत समीर खरेलकै रहेको छ।
सरोज वली प्रस्तुतकर्ता रहेको गीतको भिडियोमा अभिनेत्री अञ्जना बराइली र अभिनेता प्रदीप लामा मुख्य रूपमा फिचर भएका छन्।
गीतले छोटो समयमै एक करोड भ्युजको आँकडा पार गरेपछि निर्माण टोलीले यसको लोकप्रियतालाई नेपाली संगीत क्षेत्रमा उल्लेखनीय उपलब्धिका रूपमा लिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्