ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेसमा धार्मिक तथा साम्प्रदायिक तनाव रोक्न गृहमन्त्री गुरुङले सांसदसँग लिए सुझाव


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ९ : १५   बजे

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले उद्योगमन्त्री गौरी यादवसहित मधेश प्रदेशका सांसदहरूसँग मधेसमा पछिल्लो समय देखिएका घटनाक्रम र धार्मिक तथा साम्प्रदायिक तनावबारे छलफल गरेका छन्।

सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको छलफलमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सांसद सहभागी थिए। छलफलमा मधेसमा पटक–पटक देखिने धार्मिक तथा साम्प्रदायिक तनावको दीर्घकालीन समाधान खोज्ने विषयमा केन्द्रित रहेर सांसदहरूसँग सुझाव लिइएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद नितिमा भण्डारीका अनुसार गृहमन्त्री गुरुङले यस्ता घटना पुनः दोहोरिन नदिन दीर्घकालीन समाधानका उपायबारे सांसदहरूसँग सुझाव मागेका थिए।

गृहमन्त्रीले मधेसमा उत्पन्न हुने सामुदायिक तनावलाई कसरी दीर्घकालीन रूपमा समाधान गर्न सकिन्छ भन्ने विषयमा सांसदहरूको धारणा लिएको भण्डारीले बताइन्।

छलफलका क्रममा सांसदहरूले हालै सुनसरी, सिरहासहित मधेसका विभिन्न जिल्लामा भएका घटनामा तनाव नियन्त्रण गर्ने क्रममा प्रशासन र सुरक्षाकर्मीबाट भएका कमजोरीबारे पनि ध्यानाकर्षण गराएका थिए। आगामी दिनमा सुरक्षा रणनीति सुधार गर्नुपर्ने र भिड नियन्त्रणका क्रममा संवेदनशीलता अपनाउनुपर्ने सुझाव सांसदहरूले दिएका थिए।

भण्डारीका अनुसार गृहमन्त्री गुरुङले अब यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानमा जानुपर्ने बताएका थिए।

भिड नियन्त्रणमा प्रशासनिक कमजोरी औँल्याइयो

सांसदहरूले हालैका घटनामा भिड नियन्त्रणका क्रममा प्रहरी तथा स्थानीय प्रशासनबाट भएका कमजोरी सुधार गर्नुपर्ने बताएका छन्। साथै, धार्मिक तथा साम्प्रदायिक तनाव उत्पन्न हुनुअघि नै सम्भावित जोखिम पहिचान गरी रोकथामका उपाय अपनाउनुपर्नेमा जोड दिएका छन्।

सुनसरीको कप्तानगन्जसहित केही जिल्लामा दुई समुदायबीच बढेको तनाव नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो। घटनामा केही व्यक्ति घाइतेसमेत भएका थिए। सोही पृष्ठभूमिमा गृहमन्त्रीले मधेस प्रदेशका सांसदहरूसँग छलफल गरेका हुन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देवानगञ्ज घटनाका मृतक रवीन्द्र मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने

रास्वपा विवादमा गोकुल बास्कोटाको व्यंग्य : ‘सत्ताको जेट सधैँ टर्बुलेन्समा किन पर्छ, रविजी?’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

India Strengthens Regional Ties with High-Level Meetings in Bangladesh and Nepal

Northern and Central China Issue Heavy Rain Warnings as Typhoon Dolphin Moves Inland

Oil Prices and Stocks Rise as Strait of Hormuz Remains Closed

Gaza Palestinians Express Dismay After Israel Rejects US-Backed Ceasefire Plan

DR Congo Ebola Outbreak Began Months Earlier Than Reported, WHO Says

Beijing’s Tech-Driven Approach Yields Dramatic Improvements in Air Quality

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu