ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवानगञ्ज घटनाका मृतक रवीन्द्र मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ९ : ४५   बजे

 

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सात बुँदे सहमति भएको छ।

गृहमन्त्री सुधन गुरुङ र मृतक मेहताका अभिभावकबीच सोमबार भएको छलफलमा सहमति जुटेको गृह मन्त्रालयले जनाएको छ।

सहमति अनुसार सरकारले मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने भएको छ। साथै, साउन १० गते राति कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी देखिएकामाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाउने सहमति भएको छ।

सरकारले देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा त्यससँग सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गर्ने भएको छ।

मृतक मेहताको परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको छ।

घटनाको अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गर्ने प्रतिवेदनमा समेटिएका सुझाव तथा सिफारिसलाई प्रचलित कानुनबमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको छ।

यसले घटनाको वास्तविकता सार्वजनिक गर्नुका साथै दोषी पहिचान र कारबाहीको प्रक्रियालाई अघि बढाउने बाटो खुल्ने अपेक्षा गरिएको छ।

सरकारले मृतक मेहताको शव नेपाली सेनाको हेलिकप्टरमार्फत देवानगञ्ज गाउँपालिका–३, सुनसरी लैजाने व्यवस्था गर्ने सहमति गरेको छ। शव गाउँमै पुर्‍याएर दाहसंस्कार गर्ने व्यवस्था मिलाइने गृह मन्त्रालयले जनाएको छ।

घटनामा मृत्यु भएका तीन जनाको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी यसै वर्ष बजेट विनियोजन गरेर गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ।

सात बुँदे सहमतिले पीडित परिवारको माग सम्बोधनसँगै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र मृतकहरूको स्मृतिमा संरचना निर्माण गर्ने प्रतिबद्धता समेटेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देवानगञ्ज घटनाका मृतक रवीन्द्र मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने

रास्वपा विवादमा गोकुल बास्कोटाको व्यंग्य : ‘सत्ताको जेट सधैँ टर्बुलेन्समा किन पर्छ, रविजी?’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

India Strengthens Regional Ties with High-Level Meetings in Bangladesh and Nepal

Northern and Central China Issue Heavy Rain Warnings as Typhoon Dolphin Moves Inland

Oil Prices and Stocks Rise as Strait of Hormuz Remains Closed

Gaza Palestinians Express Dismay After Israel Rejects US-Backed Ceasefire Plan

DR Congo Ebola Outbreak Began Months Earlier Than Reported, WHO Says

Beijing’s Tech-Driven Approach Yields Dramatic Improvements in Air Quality

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu