ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोबाइल एप बने किसानका ‘डिजिटल सल्लाहकार’, खेतीदेखि बजारसम्म सूचना हातमै


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ६ : ४५   बजे

काठमाडौँ । खेतीसम्बन्धी समस्या पर्दा गाउँका अगुवा किसान, कृषि सहकारी वा नजिकको कृषि कार्यालय पुग्ने नेपाली किसानको परम्परागत अभ्यास पछिल्लो समय बदलिँदै गएको छ। स्मार्ट फोन र मोबाइल एपको बढ्दो प्रयोगसँगै किसानले कृषि प्राविधिक, मौसमसम्बन्धी सूचना र बजार मूल्यको जानकारी घरमै बसेर पाउन थालेका छन्।

भौगोलिक विकटता, कृषि प्रसार सेवामा जनशक्तिको अभाव तथा सबै किसानसम्म प्राविधिक सेवा पुर्‍याउन कठिनाइ भइरहेका बेला मोबाइल एप कृषि सूचना प्रवाहको प्रभावकारी माध्यम बन्न थालेको हो।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुरका अग्रणी किसान राजन सापकोटा मौसम तथा बजारसम्बन्धी जानकारी मोबाइलबाटै लिने गरेको बताउनुहुन्छ।

‘मेरा लागि मोबाइल एप नै मेरो खेती गर्ने सल्लाहकार हुन्,’ सापकोटाले भन्नुभयो।

कृषि अनुसन्धान तथा प्रसार क्षेत्रमा लामो समयदेखि सक्रिय कृष्ण धितालका अनुसार नेपालमा एक जना कृषि प्राविधिकले औसतमा एक हजार ३३३ किसान घरधुरीलाई सेवा दिनुपर्ने अवस्था छ।

सीमित जनशक्तिका कारण प्रत्येक किसानको खेतसम्म पुगेर नियमित प्राविधिक सेवा दिन कठिन हुने भएकाले स्मार्ट फोनमा आधारित कृषि सूचना प्रणाली प्रभावकारी विकल्प बन्न सक्ने उहाँको भनाइ छ।

‘किसानको हातमा अहिले स्मार्ट फोन छ। त्यसैले कृषि सूचना प्रवाहको सबैभन्दा छिटो माध्यम मोबाइल एप बन्न सक्छ,’ धितालले भन्नुभयो।

कृषि क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्न सरकारले पनि पछिल्ला वर्षमा विभिन्न पहल गर्दै आएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले सञ्चालनमा ल्याएको एमपिस एप किसानका लागि उपयोगी डिजिटल प्लेटफर्मका रूपमा विकास भइरहेको छ।

यसबाट किसानले कृषि बजारका थोक मूल्य, विभिन्न बजारका मूल्यबीचको तुलना, कृषि उपजको मूल्य प्रवृत्ति, कृषि मौसमसम्बन्धी सल्लाह तथा कृषि बजारसम्बन्धी जानकारी प्राप्त गर्न सक्छन्।

त्यसैगरी सरकारी कृषि कार्यक्रम, सेवा तथा अनुदानसम्बन्धी सूचना, कृषि तथ्याङ्क तथा अन्य आवश्यक सेवामा किसानको पहुँच विस्तार गर्ने प्रयाससमेत भइरहेको मन्त्रालयले जनाएको छ।

सरकारीबाहेक विभिन्न निजी तथा गैरसरकारी डिजिटल प्लेटफर्मले पनि किसानलाई मौसम, रोग–कीरा व्यवस्थापन, खेती प्रविधि र बजारसम्बन्धी जानकारी उपलब्ध गराउँदै आएका छन्।

कृषि उत्पादन बढाउन मल, बिउ र सिँचाइजस्तै सही समयमा सही सूचना प्राप्त गर्नु पनि महत्वपूर्ण हुने कृषि विज्ञहरूको भनाइ छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत दीपक पौडेलका अनुसार कुन समयमा कुन बाली लगाउने, बालीमा कुन रोगको जोखिम छ, आगामी दिनको मौसम कस्तो हुन्छ र बजारमा उत्पादनको मूल्य कति छ भन्ने सूचनाले किसानको उत्पादनसम्बन्धी निर्णयमा प्रत्यक्ष प्रभाव पार्छ।

‘समयमै प्राप्त हुने सूचनाले उत्पादन लागत घटाउन र आम्दानी बढाउन मद्दत गर्छ,’ पौडेलले भन्नुभयो।

मौसम र बजारको अवस्था हेरेर बाली छनोट तथा बिक्रीको समय निर्धारण गर्न सके किसानले एउटै जमिनबाट हुने आम्दानीसमेत बढाउन सक्ने उहाँको भनाइ छ।

बजार मूल्य थाहा पाएपछि किसानको सौदाबाजी बढ्यो

धादिङकी किसान रूपा सुवेदीले मोबाइल एपबाट बजार मूल्य हेर्न थालेपछि आफ्नो उत्पादन बिक्रीमा सहज भएको अनुभव सुनाउनुभयो।

‘पहिले व्यापारीले जे मूल्य भन्यो, त्यहीमा बेच्नुपथ्र्यो,’ उहाँले भन्नुभयो, ‘अहिले कालीमाटीलगायत बजारको मूल्य हेरेर मात्रै बिक्री गर्छु। बजार मूल्य थाहा भएपछि व्यापारीसँग कुरा गर्न पनि सजिलो भएको छ।’

उहाँले किसान साथीहरूसँग पनि मोबाइलमार्फत बजार मूल्य तथा तरकारी बिक्रीसम्बन्धी जानकारी आदानप्रदान गर्ने गरेको बताउनुभयो।

कृषि विज्ञहरूका अनुसार डिजिटल माध्यमले किसान र बजारबीच रहेको सूचनाको असमानता घटाउन सहयोग गरिरहेको छ। बजार मूल्यबारे जानकारी भएपछि किसानको सौदाबाजी क्षमता बढ्नुका साथै उत्पादन कहाँ र कहिले बिक्री गर्ने भन्ने निर्णय गर्नसमेत सहज हुन्छ।

जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा मौसमजन्य जोखिम बढिरहेका बेला मौसम पूर्वानुमान र जोखिमसम्बन्धी सूचना दिने मोबाइल एपको महत्वअझ बढेको छ।

असामान्य वर्षा, लामो खडेरी, तापक्रममा परिवर्तन, हावाहुरी तथा रोग–कीराको जोखिमबारे समयमै जानकारी पाए किसानले बाली संरक्षणका लागि पूर्वतयारी गर्न सक्छन्।

नेपालमा हाल दुई दर्जनभन्दा बढी कृषि एप प्रयोगमा रहेको बताइए पनि सबै एप नियमित र प्रभावकारी रूपमा सञ्चालनमा भने छैनन्। कतिपय एप लामो समयसम्म अद्यावधिक नहुँदा प्रयोगकर्ताको आकर्षण घट्ने गरेको विज्ञहरूको भनाइ छ।

डिजिटल कृषि विस्तारका चुनौती

मोबाइल एपको प्रयोग बढे पनि नेपालको कृषि क्षेत्रमा डिजिटल प्रविधिको पहुँच अझै समान छैन। ग्रामीण तथा दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच, डिजिटल साक्षरता, स्मार्ट फोनको उपलब्धता तथा एप प्रयोग गर्ने क्षमतामा फरक छ।

त्यसैले डिजिटल कृषि प्रणालीलाई प्रभावकारी बनाउन विश्वसनीय सूचना, नियमित अद्यावधिक, स्थानीय भाषामा सामग्री र प्रयोग गर्न सहज प्रविधिआवश्यक देखिन्छ।

त्यस्तै, किसानले एपमा प्राप्त गरेको सूचनालाई वास्तविक खेतको अवस्थासँग जोडेर बुझ्न सक्ने व्यवस्था पनि आवश्यक छ। डिजिटल माध्यमले कृषि प्राविधिकको प्रत्यक्ष सेवाको विकल्प मात्र नभई त्यसलाई थप प्रभावकारी बनाउने सहायक माध्यमका रूपमा विकास गर्नुपर्ने विज्ञहरूको सुझाव छ।

कृषिमा प्रविधिको प्रयोग विस्तार हुँदै जाँदा किसानका लागि मोबाइल फोन केवल सञ्चारको साधनमा सीमित नरही मौसम, बजार, उत्पादन प्रविधि र सरकारी सेवाको सूचना केन्द्र बन्न थालेको छ।

तर यसको प्रभाव दीर्घकालीन बनाउन एपहरूलाई नियमित रूपमा अद्यावधिक गर्ने, किसानको आवश्यकता अनुसार सामग्री विकास गर्ने तथा डिजिटल पहुँचबाट बाहिर रहेका किसानलाई समेत समेट्ने नीति आवश्यक हुनेछ।

सही सूचना सही समयमा किसानको हातमा पुग्न सके उत्पादन लागत घटाउने, बजारमा राम्रो मूल्य प्राप्त गर्ने, मौसमजन्य जोखिम कम गर्ने र किसानको आम्दानी बढाउने दिशामा मोबाइल प्रविधि महत्वपूर्ण औजार बन्न सक्ने देखिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महोत्तरीसहित तराई–मधेसमा बढ्यो गर्मी, तापक्रम ४१ डिग्रीसम्म

नयाँ राष्ट्रिय यातायात नीति कार्यान्वयनमा, मास ट्रान्जिटदेखि विद्युतीय सवारीलाई प्राथमिकता

सम्बन्धित

भारतको अनुदानमा नेपालमा आठ उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन हुने

सल्यानका किसानलाई वर्षाले राहत, ९० प्रतिशत धान रोपाइँ सम्पन्न

सुदूरपश्चिममा मलको अभाव, डीएपीको आपूर्ति झन् कमजोर

ओखलढुङ्गामा ९९.८१ प्रतिशत धान रोपाइँ सम्पन्न

दाङमा ९५ प्रतिशत धान रोपाइँ सकियो, सिँचाइ अभावमा केही खेत अझै बाँझै

बाँदर–बँदेलको आतंक रोक्न संसद्मा राष्ट्रिय कार्ययोजना माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu