ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ राष्ट्रिय यातायात नीति कार्यान्वयनमा, मास ट्रान्जिटदेखि विद्युतीय सवारीलाई प्राथमिकता


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   १ : ४५   बजे

काठमाडौं । सरकारले दशक पुरानो राष्ट्रिय यातायात नीतिलाई संशोधन गर्दै नयाँ राष्ट्रिय यातायात नीति कार्यान्वयनमा ल्याएको छ। तीव्र सहरीकरण, सवारीसाधनको बढ्दो संख्या, ट्राफिक जाम, पार्किङ समस्या, कमजोर सार्वजनिक यातायात र वायु प्रदूषणलगायत चुनौती समाधान गर्ने रणनीति नीतिमा समेटिएको छ।

नयाँ नीतिले मास ट्रान्जिट, सहरी ट्राफिक व्यवस्थापन, स्मार्ट यातायात प्रणाली (आईटीएस), स्मार्ट टिकटिङ र सार्वजनिक यातायातलाई प्राथमिकता दिने व्यवस्था गरेको छ। संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारीसमेत थप स्पष्ट पारिएको छ।

१ लाख किलोमिटरभन्दा बढी सडक सञ्जाल

सरकारका अनुसार २०८२ फागुनसम्म संघबाट ३६ हजार ८०६ किलोमिटर सडक निर्माण भएको छ। प्रदेश र स्थानीय तहले समेत करिब ६८ हजार १०० किलोमिटर सडक सञ्जाल विकास गरेका छन्।

रणनीतिक तथा स्थानीय सडक सञ्जालमा हालसम्म करिब ३ हजार ६५२ पुल निर्माण भएका छन्। राष्ट्रिय राजमार्गका रूपमा ८० वटा सडक संघ सरकारको कार्यक्षेत्रमा छन्।

दैनिक औसत सात जनाको दुर्घटनामा मृत्यु

यातायात क्षेत्रको प्रमुख चुनौती सडक सुरक्षा बनेको छ। नेपालमा सवारी दुर्घटनामा दैनिक औसत सात जनाको मृत्यु हुने गरेको तथ्यांक नीतिमा उल्लेख छ।

पछिल्लो एक दशकमा दुर्घटनामा करिब २४ हजार जनाले ज्यान गुमाएका छन् भने ७२ हजारभन्दा बढी मानिस अपांगताको सिकार भएका छन्। दुर्घटनामा मृत्यु हुनेमध्ये ३१ देखि ४५ प्रतिशतसम्म मोटरसाइकल दुर्घटनासँग सम्बन्धित रहेको नेपाल प्रहरीको तथ्यांक छ।

२०८२/८३ को फागुनसम्म देशभर ६२ लाख ४९ हजार ७३२ सवारीसाधन दर्ता भएका छन्, जसमा ५० लाखभन्दा बढी मोटरसाइकल छन्।

सुरुङ र रेलमार्गमा जोड

नयाँ नीतिले सुरुङमार्ग र रेल पूर्वाधारलाई पनि प्राथमिकता दिएको छ। नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न भइसकेको छ भने सिद्धबाबा सुरुङमार्गमा ‘ब्रेक थ्रु’ भएको छ। टोखा–छहरे सुरुङमार्ग अध्ययनको चरणमा छ।

रेलतर्फ बर्दिबास–निजगढ खण्डमा काम अघि बढिरहेको छ। जयनगर–जनकपुर–भंगाहा खण्डमा यात्रुवाहक रेल सञ्चालनमा छ भने बथनाहा–विराटनगर खण्डमा कार्गो रेल सञ्चालन भइरहेको छ। वीरगन्ज–काठमाडौं रेलमार्गको वित्तीय सम्भाव्यता अध्ययन र केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनसमेत अघि बढेको छ।

विद्युतीय सवारीलाई प्राथमिकता

सरकारले वातावरणमैत्री यातायात प्रणालीलाई पनि नीतिको महत्वपूर्ण आधार बनाएको छ। हाल नेपालमा आयात हुने नयाँ निजी कारमध्ये ७० प्रतिशतभन्दा बढी विद्युतीय सवारी रहेको जनाइएको छ।

२०८२/८३ सम्म नेपालमा ६३ हजार २८० विद्युतीय सवारी दर्ता भएका छन्। आगामी दशकमा विद्युतीय तथा वैकल्पिक ऊर्जामा आधारित सवारीको प्रयोग विस्तार गर्दै ई–मोबिलिटी ट्रान्जिसन अघि बढाउने सरकारको योजना छ।

सडक, रेल, हवाई, जल तथा केबलकार, पोडवे र रोपवेजस्ता यातायातका माध्यमलाई बहुमाध्यम अवधारणाअनुसार समन्वित र दिगो रूपमा विकास गर्ने रणनीति पनि नयाँ नीतिमा समेटिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Lawmakers Press Army on Drone Unit Cancellation

Kennedy Center Disassembles ‘Blue’ Sculpture Amid Trump-Era Changes

राष्ट्रिय अनुसन्धान विभाग कसको मातहत? सरकार र सांसदबीच टकराव

मध्यपूर्वमा बाह्य हस्तक्षेप रोक्न सुरक्षा संरचना परिवर्तन आवश्यक : सी

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक काठमाडौँमा मञ्चन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu