ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ७ : १५   बजे

झापा । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने फाल्गुनन्द मार्गमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

माङसेबुङ गाउँपालिकाका कार्यवाहक अध्यक्ष विनोदकुमार नेम्बाङका अनुसार अविरल वर्षाका कारण सडकका विभिन्न स्थानमा क्षति पुगेपछि भारी मालवाहक सवारीसाधन, ट्रक, टिपर र ट्रेलरलगायत सवारीसाधनको सञ्चालन अनिश्चितकालका लागि रोकिएको हो।

सडक क्षतिग्रस्त भएपछि मर्मत तथा पुनःस्थापनाको काम भइरहेको र सो क्रममा मालवाहक सवारीसाधन सञ्चालन गर्दा जोखिम बढ्नुका साथै काममा समेत बाधा पुग्ने भएकाले रोक लगाइएको अध्यक्ष नेम्बाङले बताए।

“क्षतिग्रस्त सडक मर्मतसम्भारको काम सुरक्षित र समयमै सम्पन्न गर्न उपभोक्ता समितिको आग्रहअनुसार मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको हो,” उनले भने, “अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीसाधनलाई भने रोक लगाइएको छैन।”

वर्षाका कारण सडक बिग्रिएपछि दैनिक आवतजावत गर्ने दर्जनौँ मालवाहक सवारीसाधनका कारण सडकका विभिन्न स्थानमा जामसमेत हुन थालेको थियो। मर्मतसम्भारको काम सम्पन्न नभएसम्म यात्रुवाहक सवारीसाधनको आवतजावत सहज बनाउन मालवाहक सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको गाउँपालिकाले जनाएको छ।

तीन दशकदेखि अधुरै सडक

दमक–चिसोपानी सडक निर्माण सुरु भएको तीन दशक बितिसक्दा पनि पूर्ण रूपमा निर्माण हुन सकेको छैन। हिउँदमा धुलो र वर्षायाममा हिलोका कारण यस सडकखण्डमा यातायात सञ्चालन तथा स्थानीय जनजीवन प्रभावित हुँदै आएको छ।

सडक कालोपत्र हुन नसक्दा वर्षायाममा दमकदेखि चिसोपानीसम्म यात्रा गर्न कठिन हुने गरेको स्थानीयवासी बताउँछन्। झापा, इलाम र पाँचथरका हजारौँ नागरिकले दैनिक आवतजावतका लागि प्रयोग गर्ने यो सडक कृषि उत्पादन बजारसम्म पुर्‍याउने महत्वपूर्ण मार्गसमेत हो।

सडक निर्माणमा भएको लामो ढिलाइप्रति स्थानीयवासीले असन्तुष्टि जनाउँदै आएका छन्।

वर्षाले सडकमा थप क्षति

लगातारको वर्षाका कारण माङसेबुङ गाउँपालिका क्षेत्रमा पर्ने सडकखण्डका विभिन्न स्थानमा क्षति पुगेको छ। सडकको अवस्था कमजोर बनेपछि दुर्घटनाको जोखिमसमेत बढेको स्थानीय तहले जनाएको छ।

मर्मतसम्भारको काम सम्पन्न नभएसम्म भारी मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएर सडकलाई सुरक्षित बनाउने प्रयास गरिएको गाउँपालिकाले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

घारखोला जलविद्युत् आयोजनामा पहिरो : एक जनाको मृत्यु, एक घाइते

सम्बन्धित

दमक, गौरादह र इटहरीमा विद्युत् आपूर्ति सुधारका लागि प्रणाली सुदृढीकरण

भोजपुरमा २ करोड ६१ लाखको लागतमा मोटरेबल बेलिब्रिज निर्माण हुँदै

८३ वर्षमा पनि उस्तै जोस : मोटरसाइकल चढेर जनताका काममा दौडिन्छन् सांसद गयानन्द मण्डल

झापामा छुट्टाछुट्टै सवारी दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

फिदिममा रेबिजविरुद्ध खोप अभियान, ५३ पशुलाई खोप

अटो र ट्याक्टर ठोक्किँदा झापामा एकजनाको मृत्यु, चार घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu