काठमाडौँ । आज मंगलबार देशका विभिन्न जिल्लाका खोला तथा नदीमा आकस्मिक बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले काठमाडौँसहित ३२ जिल्ला र आसपासका क्षेत्रमा बहने साना नदी तथा खोलाको बहाब उल्लेख्य बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बझाङ र डोटी तथा आसपासका जिल्लाका साना नदी तथा खोलामा बहाब बढ्ने सम्भावना छ। यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तथा खोला किनारमा बस्ने र यात्रा गर्नेहरूलाई विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्