ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापा इनर्जीको १० मेगावाट सौर्य आयोजनाबाट पुनः पूर्ण क्षमतामा विद्युत् उत्पादन


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ९ : ४५   बजे

काठमाडौं । झापा इनर्जी लिमिटेडको १० मेगावाट क्षमताको सौर्य विद्युत् आयोजनाबाट पुनः पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु भएको छ।

कम्पनीका अनुसार झापा जिल्लाको बुद्धशान्ति–४ स्थित आयोजनाबाट बुधबारदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको हो। गत जेठ १८ गते आयोजनामा जडान गरिएका दुईवटा ५ मेगावाट क्षमताका इन्भर्टरमध्ये एउटामा आगलागी भएपछि विद्युत् उत्पादन अवरुद्ध भएको थियो।

आगलागीबाट क्षति भएको इन्भर्टरको मर्मतसम्भार सम्पन्न भएपछि आयोजनाले राष्ट्रिय प्रसारण प्रणालीमा पुनः १० मेगावाट क्षमतामा विद्युत् आपूर्ति सुरु गरेको कम्पनीले जनाएको छ।

मर्मतपछि उत्पादन सामान्य

कम्पनीका अनुसार आवश्यक मर्मतसम्भार तथा परीक्षण पूरा भएपछि आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा सामान्य अवस्थामा फर्किएको छ।

झापा इनर्जीको उक्त सौर्य आयोजना नेपालका ठूला सौर्य विद्युत् आयोजनामध्ये एक हो। आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमार्फत आपूर्ति हुँदै आएको छ।

कम्पनीले अब आयोजनाबाट नियमित रूपमा पूर्ण क्षमतामा विद्युत् उत्पादन तथा आपूर्ति हुने जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जाजरकोटमा ४.१ म्याग्निच्युडको भूकम्प

फाइल अड्काउने प्रवृत्तिमा कमी, सरकारी सेवा प्रवाहमा सुधारको दाबी

सम्बन्धित

नाइमा अटो एक्स्पोलाई लक्षित गर्दै एनएमबि बैंकको ‘इभी अटो कर्जा’ योजना

डिजिटल बैंकिङ विस्तारसँगै बढ्दो साइबर जोखिम : ग्राहकको सावधानी किन निर्णायक?

सुनको मूल्यमा उच्च वृद्धि, तोलामा ६ हजार ४ सयले बढ्यो

साओमीले नेपालमा सार्वजनिक गर्‍यो रेड्मी वाच–६ सिरिज, मूल्य १० हजार ९९९ रुपैयाँदेखि

अर्थमन्त्रीको लगानी आह्वान र उद्योगीको निराशा : ‘हामी आयौँ, छोराहरू आए, नातिहरू आउँदैनन्’

फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्तबीच मर्जरका लागि समझदारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu