जाजरकोट । जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर मंगलबार बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार बिहान ९ बजेर ८ मिनेटमा भूकम्प गएको हो।
भूकम्पको धक्का जाजरकोटसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। भूकम्पपछि स्थानीयवासीमा त्रास सिर्जना भए पनि अहिलेसम्म मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
भूकम्पबाट भएको सम्भावित क्षतिबारे स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट थप विवरण आउन बाँकी रहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्