ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोलम्बिया भूकम्प : मृत्यु हुनेको संख्या १३२ पुग्यो, उद्धार कार्य जारी


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   १० : ५५   बजे

काठमाडौं । कोलम्बियामा सोमबार गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३२ पुगेको छ । भूकम्पमा ५७० जना घाइते भएका छन् । उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।

भूकम्पका कारण पश्चिमी कोलम्बियाका विभिन्न क्षेत्रमा भवनहरू भत्किएका छन् । भग्नावशेषमा अझै मानिसहरू फसेको आशंकामा उद्धारकर्मीहरूले खोजी तथा उद्धारलाई तीव्र बनाएका छन् । सरकारले राष्ट्रिय आपत्कालीन अवस्था घोषणा गर्दै उद्धार तथा राहतलाई प्राथमिकता दिएको छ ।

कोलम्बियाको भूगर्भ सेवाका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ७ः३४ बजे गएको भूकम्पको केन्द्रबिन्दु चोको प्रान्तको सान होसे डेल पाल्मार क्षेत्रमा रहेको थियो । भूकम्प करिब १०७ किलोमिटर गहिराइमा गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । यो भूकम्प २१औँ शताब्दीमा कोलम्बियामा रेकर्ड भएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताइएको छ ।

भूकम्पबाट काली, पेरेरा, आर्मेनिया, मानिजालेस र क्विब्दोलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ । पेरेरा सबैभन्दा बढी प्रभावित सहरमध्ये एक हो । त्यहाँ ठूलो मानवीय क्षति भएको र उद्धारकर्मीहरूले भत्किएका संरचनामा फसेका मानिसको खोजी गरिरहेका छन् ।

चोकोजस्ता दुर्गम क्षेत्रमा सञ्चार सेवा प्रभावित भएकाले क्षतिको पूर्ण विवरण संकलन गर्न कठिनाइ भइरहेको छ । विभिन्न क्षेत्रमा अस्पताल तथा पूर्वाधारमा क्षति पुगेको छ भने केही विमानस्थलमा सुरक्षा परीक्षणका लागि उडानसमेत अस्थायी रूपमा रोकिएको छ ।

भूकम्पपछि परकम्पसमेत गइरहेका छन् । उद्धारकर्मीहरूले भग्नावशेषमा जीवित मानिस फेला पार्ने सम्भावनालाई ध्यानमा राख्दै खोजी जारी राखेका छन् । सरकारले प्रभावित क्षेत्रमा राहत तथा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शशांक कोइरालाको किर्ते हस्ताक्षरसहित भेला स्थगितको सूचना सार्वजनिक भएपछि कांग्रेस संस्थापनइतरको आपत्ति

अमेरिकी अदालतद्वारा गौतम अदानीविरुद्धको घुसखोरी मुद्दा खारेज

सम्बन्धित

इरानबाट सुरक्षा खतरा देखिएपछि ट्रम्पले टर्कीबाट गोप्य रूपमा विमान बदलेर बेलायत पुगे

भारतको राँचीमा विद्यार्थीमाथि प्रहरीको बल प्रयोग, अश्रुग्यास र पानीको फोहोरा प्रहार

इरानी राष्ट्रपति र सर्वोच्च नेताबीच सात घण्टा छलफल, एकतामा जोड

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, १११ जनाको मृत्यु

सिरियामा रुसी सैन्य बेसको भविष्य तय, संयुक्त तालिम केन्द्रमा परिणत हुने

मोसादका दुई वरिष्ठ अधिकारी बर्खास्त, इरान सरकार ढाल्ने योजना असफल भएको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu