ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङमा ९५ प्रतिशत धान रोपाइँ सकियो, सिँचाइ अभावमा केही खेत अझै बाँझै


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   १० : ५५   बजे

घोराही, दाङ । दाङमा अधिकांश क्षेत्रमा धान रोपाइँ सम्पन्न भए पनि पर्याप्त वर्षा नहुँदा सिँचाइ सुविधा नपुगेका केही क्षेत्रका खेत अझै बाँझै रहेका छन् । घोराही उपमहानगरपालिका–८ ढिकपुर र वडा नं. ९ बकुलाईलगायतका क्षेत्रमा सिँचाइ अभावका कारण किसानले समयमै धान रोप्न नपाएका हुन् ।

ढिकपुरका किसान जगदीशकुमार हरिजनले कुवाको पानीबाट सीमित क्षेत्रफलमा मात्रै धान रोप्न सकेको बताउनुभयो । टाढाका खेतमा सिँचाइ पुग्न नसक्दा धेरै जग्गा बाँझै रहेको उहाँको भनाइ छ ।

“खेतमा सिँचाइ सुविधा नहुँदा अहिलेसम्म धान रोप्न सकेका छैनौँ, खेत बाँझै छ,” उहाँले भन्नुभयो, “धान उत्पादन गरेर वर्षभरि खानका लागि जोहो गर्ने र बढी भएको बिक्री गरेर घरखर्च चलाउने हुन्थ्यो । यो वर्ष खेती नै नहुँदा चिन्ता बढेको छ ।”

ढिकपुर जलाशयको पानी मोटरमार्फत तानेर खेती गर्दै आएका किसानसमेत पानीको अभावमा समस्यामा परेका छन् । आकाशे पानीमा निर्भर किसानले समयमै रोपाइँ गर्न नपाउँदा उत्पादन घट्ने चिन्ता बढेको किसान टेकबहादुर खड्काले बताउनुभयो ।

घोराही–९ बकुलाईका किसान निमबहादुर केसीको खेत पनि पर्याप्त पानी नपरेका कारण बाँझै छ । सामान्यतया असारको अन्तिम सातादेखि साउनको पहिलो सातासम्म रोपाइँ सकिने भए पनि यस वर्ष पानीको अभावले रोपाइँ प्रभावित भएको उहाँले बताउनुभयो ।

“ब्याड राख्यौँ, खेत पनि जोतिसक्यौँ । पानी परेपछि फेरि जोतेर रोप्ने तयारी थियो तर पानी नै पर्याप्त परेन,” उहाँले भन्नुभयो, “ब्याडसमेत पहेँलो हुन थालेको छ ।”

किसानका अनुसार बकुलाई क्षेत्रमा मात्रै करिब २० देखि २५ बिघा खेत बाँझै रहेको छ । सिँचाइका लागि डिपबोरिङ खनिए पनि पर्याप्त पानी नआउँदा समस्या भएको उनीहरूको भनाइ छ ।

९५ प्रतिशत रोपाइँ सम्पन्न

कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा हालसम्म करिब ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धान खेती हुने कुल ३६ हजार २२५ हेक्टर क्षेत्रफलमध्ये ३४ हजार ४०० हेक्टरमा रोपाइँ सकिएको केन्द्रले जनाएको छ ।

सिँचाइ सुविधा पुगेका अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न भए पनि भरपर्दो सिँचाइको व्यवस्था नभएका क्षेत्रमा अझै केही खेत बाँझै रहेको केन्द्रको भनाइ छ । वर्षा पर्याप्त नभए बाँकी क्षेत्रमा समेत रोपाइँ प्रभावित हुने र धान उत्पादनमा असर पर्न सक्ने किसानको चिन्ता छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महोत्तरीसहित तराई–मधेसमा बढ्यो गर्मी, तापक्रम ४१ डिग्रीसम्म

नयाँ राष्ट्रिय यातायात नीति कार्यान्वयनमा, मास ट्रान्जिटदेखि विद्युतीय सवारीलाई प्राथमिकता

सम्बन्धित

भारतको अनुदानमा नेपालमा आठ उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन हुने

सल्यानका किसानलाई वर्षाले राहत, ९० प्रतिशत धान रोपाइँ सम्पन्न

सुदूरपश्चिममा मलको अभाव, डीएपीको आपूर्ति झन् कमजोर

ओखलढुङ्गामा ९९.८१ प्रतिशत धान रोपाइँ सम्पन्न

मोबाइल एप बने किसानका ‘डिजिटल सल्लाहकार’, खेतीदेखि बजारसम्म सूचना हातमै

बाँदर–बँदेलको आतंक रोक्न संसद्मा राष्ट्रिय कार्ययोजना माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu