ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीमा पर्यटन व्यवसायप्रति बढ्दो आकर्षण, ट्राभल एजेन्सी र रिभर गाइड थपिँदै


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ११ : ०५   बजे

सुर्खेत । कर्णाली प्रदेशमा पर्यटनसँग सम्बन्धित सेवा तथा व्यवसाय सञ्चालनका लागि अनुमति लिने क्रम बढेको छ। प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनको सम्भावना रहेको कर्णालीमा निजी क्षेत्रको आकर्षण विस्तार हुँदै गएको प्रदेश सरकारको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष २०८२/८३ मा कर्णालीमा एक फनपार्क, दुई रिभर गाइड र पाँच ट्राभल एजेन्सीले नयाँ अनुमति लिएका छन्। गत आर्थिक वर्षसम्म प्रदेशमा पाँचवटा ट्राभल एजेन्सीले मात्र अनुमति लिएकोमा चालु आवमा थप पाँचवटाले अनुमति लिएसँगै संख्या १० पुगेको छ।

त्यस्तै, रिभर गाइडतर्फ चालु आवमा दुईजनाले अनुमति लिएका छन्। गत आवमा १३ जनाले अनुमति लिएसँगै प्रदेशमा रिभर गाइडको अनुमति प्राप्त गर्नेको संख्या १५ पुगेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

कर्णालीमा चालु र गत आर्थिक वर्षमा एक–एकवटा फनपार्कले पनि अनुमति लिएका छन्।

पर्यटनको सम्भावनाले व्यवसाय विस्तार

कर्णालीमा रारा, शे–फोक्सुन्डो, कर्णाली नदी, सिन्जा, पचाल झरना, बुलबुले ताल, काँक्रेविहारलगायत प्राकृतिक, धार्मिक तथा सांस्कृतिक गन्तव्य छन्। हिमाली तथा पहाडी भूगोलका कारण पदयात्रा, र्‍याफ्टिङलगायत साहसिक पर्यटनको समेत उच्च सम्भावना रहेको छ।

मन्त्रालयका सूचना अधिकारी महेश नेपालीका अनुसार पर्यटकीय गतिविधि विस्तार हुँदै जाँदा त्यससँग सम्बन्धित सेवाप्रदायक तथा निजी व्यवसायको संख्या पनि बढ्दै गएको छ।

उनले पर्यटकीय गन्तव्यमा पर्यटकको आवागमन बढाउन सके कर्णालीको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान थप विस्तार गर्न सकिने बताए।

पूर्वाधारमा चुनौती

व्यवसायको संख्या बढ्दैमा मात्रै पर्यटन विकास सम्भव नहुने मन्त्रालयको भनाइ छ। पर्यटकीय गन्तव्यसम्म सहज पहुँच, सडक तथा हवाई पूर्वाधार, सञ्चार, खानेपानी, सरसफाइ, सुरक्षित आवास, दक्ष जनशक्ति र प्रभावकारी प्रचारप्रसारमा लगानी आवश्यक रहेको नेपालीले बताए।

कर्णालीमा पर्यटनसँग सम्बन्धित व्यवसाय विस्तार भए पनि प्रदेशको राजस्वमा पर्यटन क्षेत्रको योगदान भने अझै न्यून छ। आर्थिक वर्ष २०८२/८३ मा पर्यटन शुल्कबाट ५ लाख १९५ रुपैयाँ मात्र राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ।

पर्यटकको बसाइ लम्ब्याउनुपर्ने

पर्यटन विकासका लागि पर्यटकको संख्या बढाउनुका साथै उनीहरूको बसाइ अवधि लम्ब्याउनुपर्नेमा मन्त्रालयले जोड दिएको छ।

सूचना अधिकारी नेपालीका अनुसार पर्यटक लामो समयसम्म कर्णालीमा बस्ने वातावरण बनेमा होटल, यातायात, गाइड, स्थानीय उत्पादन तथा रोजगारीमा प्रत्यक्ष लाभ पुग्नेछ।

पर्यटन व्यवसायीहरूले पनि गन्तव्यलाई पर्यटन बजारसँग जोड्न आवश्यक पूर्वाधार निर्माणमा जोड दिएका छन्। गन्तव्यसम्म पुग्ने सडक, आवास, खानेपानी, सरसफाइ, सञ्चार र सुरक्षाको व्यवस्था सुधार गर्नुपर्ने उनीहरूको भनाइ छ।

स्थानीय उत्पादन, कृषि, हस्तकला, यातायात र रोजगारीसँग पर्यटनलाई जोड्न सके यसको आर्थिक प्रभाव अझ फराकिलो हुने व्यवसायीहरूको धारणा छ। प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई व्यवस्थित रूपमा पर्यटन बजारसँग जोड्न सके कर्णालीमा स्थानीय आयआर्जन र रोजगारीका अवसरसमेत विस्तार हुने देखिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शशांक कोइरालाको किर्ते हस्ताक्षरसहित भेला स्थगितको सूचना सार्वजनिक भएपछि कांग्रेस संस्थापनइतरको आपत्ति

अमेरिकी अदालतद्वारा गौतम अदानीविरुद्धको घुसखोरी मुद्दा खारेज

सम्बन्धित

‘निम्सदाइ’को शव बेलायत लगिने भएपछि जन्मथलो म्याग्दीमा निराशा

कर्णाली प्रदेश रंगशालामा अत्याधुनिक पौडी पोखरी निर्माण सम्पन्न, खेलाडीलाई नियमित प्रशिक्षणमा सहज

निर्मल पुर्जाको शव अन्तिम संस्कारका लागि बेलायत लगियो

चिनियाँ कम्पनीको नीतिः ‘यदि तपाइँ दुःखी हुनुहुन्छ भने बिदामा बस्नुहोला’

नेपाल स्की संघको ३४ लाख ८० हजार रुपैयाँको बजेट पारित

जुम्लामा ग्यासको हाहाकार, एउटा सिलिन्डरका लागि घण्टौँ लाइन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu