ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘निम्सदाइ’को शव बेलायत लगिने भएपछि जन्मथलो म्याग्दीमा निराशा


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ९ : ३५   बजे

म्याग्दी । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी निधन भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को शव अन्तिम संस्कारका लागि बेलायत लगिने भएपछि उनको जन्मथलो म्याग्दीका बासिन्दा दुःखी भएका छन्।

म्याग्दीवासीले पुर्जाको अन्तिम संस्कार जन्मभूमि नेपालमै होस् र आफूहरूले पनि अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पाऊँ भन्ने अपेक्षा गरेका थिए। तर, परिवारको निर्णयअनुसार शव बेलायत लैजाने भएपछि उनीहरूको उक्त चाहना अधुरै बनेको हो।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पुर्जाको श्रीमती र छोरीसहित परिवारका अधिकांश सदस्य बेलायतमा छन्। परिवारकै अनुरोधमा अन्तिम संस्कारका लागि शव बेलायत लैजान लागिएको पुर्जाका दाजु कमलबहादुर पुर्जाले जानकारी दिए।

उनका अनुसार पाकिस्तानको इस्लामाबादबाट बेलायतको समयअनुसार आइतबार बेलुकासम्म शव बेलायत पुग्नेछ। पूर्वबेलायती सेना समेत रहेका पुर्जाको अन्तिम संस्कार कहिले र कसरी गर्ने भन्ने निर्णय बेलायती सेना र परिवारले गर्नेछ।

“हामी अहिले दुःखमा छौँ। भाइको अन्तिम संस्कार कहाँ र कसरी गर्ने भन्ने परिवारकै निर्णयअनुसार हुने हो,” कमलबहादुरले भने, “भाइको परिवार बेलायतमा भएकाले परिवारकै अनुरोधमा यतै ल्याउने निर्णय गरिएको हो। हाम्रो चाहना शव नेपाल लगेर अन्तिम संस्कार गर्ने थियो, तर कतिपय बाध्यता हाम्रा पनि भए। त्यसैले चाहना पूरा हुन सकेन।”

पुर्जाको जन्मथलो दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले भने उनको शव नेपालमै ल्याएर अन्तिम संस्कार गर्नुपर्ने धारणा राखे। उनका अनुसार पुर्जा नेपालको राष्ट्रिय गौरव भएकाले जन्मभूमिमा अन्तिम श्रद्धाञ्जली दिने अवसर स्थानीयवासीले पाउनुपर्ने थियो।

“निर्मलको शव नेपालमै ल्याएर हामीले पनि अन्तिम संस्कारमा सहभागी हुन पाउनुपर्थ्यो। तर यसो हुन सकेन, यसमा दुःख लागेको छ,” शेरचनले भने, “बेलायत लैजाने कुरा परिवारको पनि होला। पुर्जाको जन्मथलोमा अस्तुसम्म ल्याउन पहल भए राम्रो हुने थियो।”

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका पर्यटन अभियन्ता तेज गुरुङले पनि पुर्जाको शव नेपाल ल्याएर अन्तिम संस्कार गर्न सकेको भए उनीप्रतिको सच्चा सम्मान हुने बताए।

“विश्वप्रसिद्ध पर्वतारोहीका रूपमा कीर्तिमान बनाउनुभएका पुर्जा हाम्रो देशको गौरव हुनुहुन्छ। उहाँको शव नेपाल ल्याउन सरकारले पहल गर्नुपर्दथ्यो,” गुरुङले भने, “उहाँलाई गुमाउँदाको पीडासँगै अन्तिम संस्कारमा सहभागी भएर श्रद्धाञ्जली दिन नपाउँदा थप पीडा भएको छ।”

पुर्जाको निधनपछि अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदासमेत दिएको थियो। उनको जन्मथलो दानामा वडा कार्यालय र आमा समूहको नेतृत्वमा शोकसभा गरिएको थियो। बेनी तथा गलेश्वरमा दीप प्रज्वलन गरी पुर्जासहित दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी पुर्जासहित १० जना आरोहीको मृत्यु भएको थियो। मृतकमध्ये ६ जना नेपाली पर्वतारोही थिए।

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल सफलतापूर्वक आरोहण गरी विश्वस्तरमा कीर्तिमान बनाएका पुर्जाको निधनले नेपाली पर्वतारोहण क्षेत्रसँगै उनको जन्मथलो म्याग्दीलाई गहिरो शोकमा पारेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्दो विवादबीच पूर्णबहादुर खड्काको ‘सम्पूर्ण एकता’को अपिल

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

सम्बन्धित

प्रकाश मावि बेनीलाई बास्केटबलको उपाधि

रातमाटामा रोटरी क्लबद्वारा एक सयभन्दा बढी बिरुवा रोपियो

बागलुङमा गाँजासहित दुई पक्राउ, अवैध काठ र ढुंगा ओसारपसारमा पनि कारबाही

निर्मल पुर्जाको शव अन्तिम संस्कारका लागि बेलायत लगियो

३१ वर्षदेखि अधुरो चापाकोट–गल्याङ सडक : कालोपत्रेको सपना अझै हिलोमै

चिनियाँ कम्पनीको नीतिः ‘यदि तपाइँ दुःखी हुनुहुन्छ भने बिदामा बस्नुहोला’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu