ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल स्की संघको ३४ लाख ८० हजार रुपैयाँको बजेट पारित


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ३ : २५   बजे

काठमाडौं । नेपाल स्की संघले आर्थिक वर्ष २०८३/८४ का लागि ३४ लाख ८० हजार ८ सय रुपैयाँको वार्षिक बजेट पारित गरेको छ ।

संघको सातौँ साधारणसभाले राष्ट्रिय प्रतियोगिता आयोजना, अन्तर्राष्ट्रिय प्रतियोगिता तथा कार्यक्रममा सहभागिता, प्रशिक्षण कार्यक्रम र विन्टर ओलम्पिक्सको तयारीका लागि उक्त बजेट पारित गरेको हो ।

साधारणसभामा संघकी उपाध्यक्ष रमा भट्टराईले आगामी कार्ययोजना प्रस्तुत गरेकी थिइन् । महासचिव विजय श्रेष्ठले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष जितेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले कार्ययोजना तथा दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको संघले जनाएको छ ।

साधारणसभाले नयाँ लेखापरीक्षक नियुक्त गर्नुका साथै आगामी वर्ष नियमित साधारणसभा आयोजना गर्ने निर्णयसमेत गरेको छ । संघले बीआर पराजुली एन्ड एसोसिएट्सलाई लेखापरीक्षकमा नियुक्त गरेको जनाएको छ ।

साधारणसभामा संघका पदाधिकारी तथा सदस्यहरूको भौतिक र भर्चुअल माध्यमबाट सहभागिता रहेको थियो ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

असोज १६–१९ गते नै कांग्रेसको १५औँ महाधिवेशन: सभापति थापा

कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद पुनः सर्वोच्च अदालतमा

सम्बन्धित

चिनियाँ कम्पनीको नीतिः ‘यदि तपाइँ दुःखी हुनुहुन्छ भने बिदामा बस्नुहोला’

विदेशी एयरलाइन्सको एकाधिकारले हवाई भाडा महँगियो : सोट्टो–नेपाल

पर्यटकको रोजाइमा धागेछरा

काठमाडौंमा मेट्रो रेलको प्रस्ताव, रत्नपार्क–सूर्यविनायक खण्डलाई प्राथमिकता

‘भाले बास्ने ताल’ : पुस्तकका पानाबाट प्रकृतिको काखसम्म, ओझेलमा परेको म्याग्दीको अद्भुत पर्यटकीय सम्पदा

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu