काठमाडौं । चिलीका पूर्वराष्ट्रिय खेलाडी एलेक्सिस सान्चेजलाई मेजर लिग सकर (एमएलएस) क्लब सीएफ मोन्टेरियालले अनुबन्ध गर्ने भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द एथ्लेटिकका अनुसार ३७ वर्षीय सान्चेजलाई मोन्टेरियालले क्लबमा भित्र्याउन लागेको हो। उनको अनुबन्ध रकम भने खुलाइएको छैन।
मोन्टेरियालले पनि सामाजिक सञ्जालमार्फत सान्चेजको आगमन संकेत गर्दै भिडियो सार्वजनिक गरेको छ। भिडियोमा क्लबका प्रबन्ध निर्देशक लुका सापुटोले फोन सम्पर्कमा ‘जर्सी नम्बर १० का एलेक्सिस चाहिएको’ बताएका छन्।
सान्चेजले हालै स्पेनिस ला लिगाको २०२५–२६ सिजन सेभियाबाट खेलेका थिए। यसअघि उनले बार्सिलोना, आर्सनल, म्यानचेस्टर युनाइटेड र इन्टर मिलानजस्ता युरोपका चर्चित क्लबबाट व्यावसायिक फुटबल खेलेका छन्।
चिलीका लागि ५१ गोल गरेका सान्चेज राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता हुन्। उनले चिलीबाट १६१ अन्तर्राष्ट्रिय खेल खेल्दै सर्वाधिक क्यापको कीर्तिमानसमेत बनाएका छन्।
बार्सिलोनाबाट खेल्दा उनले सन् २०१३ मा स्पेनिस ला लिगाको उपाधि जितेका थिए। यस्तै, इन्टर मिलानबाट उनले सन् २०२१ मा सिरी ‘ए’ को उपाधि जितेका थिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्