महिन्द्राले नाइमा मोबिलिटी एक्स्पोमार्फत आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी एक्सइभी नाइन एस नेपाली बजारमा सार्वजनिक गरेको छ। तीन रो सिटिङ लेआउटको यो एसयूभी ५९, ७० र ७९ किलोवाट आवर ब्याट्री विकल्पमा उपलब्ध हुनेछ भने एकपटक चार्ज गर्दा अधिकतम ६७९ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ। १७५ किलोवाट डीसी फास्ट चार्जिङ, ट्रिपल स्क्रिन ककपिट, पानोरामिक सनरुफ तथा लेभल–२ प्लस एडासलगायतका सुविधा रहेको गाडीको मूल्य ६० लाख रुपैयाँ तोकिएको छ। महिन्द्राले नेपालमा विद्युतीय सवारीको माग बढ्दै गएकाले आगामी दिनमा थप विद्युतीय मोडल ल्याउने योजना रहेको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्