काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज अपराह्न १ बजेबाट सुरु भएको छ।
आजको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावना रहेको छ।
यसअघि आजै बसेको व्यवस्थापन समितिको बैठकले विधेयकसम्बन्धी प्रस्ताव प्रतिनिधि सभामा पेस गर्न सहमति दिएको थियो।
विधेयकमा नेपालमा रहेका खानी तथा खनिज पदार्थको खोज, उत्खनन, व्यवस्थापन तथा उपयोगलाई व्यवस्थित गर्ने विषय समेटिएका छन्। प्रतिनिधि सभामा प्रस्ताव पेस भएपछि विधेयकमाथि सांसदहरूले सैद्धान्तिक छलफल गर्नेछन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्