ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युतीय सवारी बढे पनि सडक सुरक्षा चुनौतीपूर्ण : प्रहरी महानिरीक्षक कार्की


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   १ : ५५   बजे

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विद्युतीय सवारीसाधन तथा वातावरणमैत्री मोबिलिटीका क्षेत्रमा निजी क्षेत्रले देखाएको सक्रियता प्रशंसनीय रहेको बताएका छन्।

मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ उद्घाटन समारोहमा बोल्दै महानिरीक्षक कार्कीले निजी क्षेत्रको यस्तो पहलले दिगो, सुरक्षित तथा वातावरणमैत्री सहरी यातायात विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

नेपालजस्तो मुलुकका लागि इन्धन खपत घटाउन विद्युतीय सवारीसाधनको प्रयोग आवश्यक रहेको उनले बताए। नेपाल प्रहरीले पनि वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले पछिल्ला वर्षमा विद्युतीय सवारीसाधनको प्रयोग क्रमशः बढाउँदै लगेको जानकारी उनले दिए।

महानिरीक्षक कार्कीले नेपालमा सडक दुर्घटनाको अवस्था भने गम्भीर रहेको बताए। उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा देशभर २९ हजार ९८८ सडक दुर्घटना भएका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४.३२ प्रतिशतले बढी हो।

उनका अनुसार नेपालमा दैनिक औसत ८२ वटा सडक दुर्घटना हुने गरेका छन्। दुर्घटनामा दैनिक औसत १३० जना घाइते हुने र सातजनाको मृत्यु हुने गरेको उनले बताए।

आर्थिक वर्ष २०८२/८३ मा मात्रै सडक दुर्घटनामा २ हजार ७०७ जनाको मृत्यु भएको र ४७ हजार ५५३ जना घाइते भएको तथ्यांक उनले प्रस्तुत गरे।

कार्कीले सडक दुर्घटनाको यस्तो अवस्था अत्यन्त गम्भीर रहेको भन्दै विद्युतीय तथा वातावरणमैत्री सवारीसाधनको विस्तारसँगै सडक सुरक्षालाई पनि समान प्राथमिकता दिनुपर्नेमा जोड दिए।

‘अबको मोबिलिटी सुरक्षित पनि हुनुपर्छ’

महानिरीक्षक कार्कीले मोबिलिटीलाई केवल सवारीसाधनको आवागमनका रूपमा मात्र बुझ्न नहुने बताए। उनका अनुसार मानिस, पुँजी, व्यवसाय, उपभोग र रोजगारी निरन्तर गतिशील हुँदा मात्रै अर्थतन्त्र पनि चलायमान हुन्छ।

“मोबिलिटी केवल सवारीको आवागमन होइन, आर्थिक, सामाजिक र समग्र जीवनलाई चलायमान बनाउने माध्यम हो,” उनले भने।

उनले आगामी दिनको यातायात प्रणाली दिगो, वातावरणमैत्री र सुरक्षित हुनुपर्ने बताए। सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायातका लागि सरकार, निजी क्षेत्र, सुरक्षा निकाय र नागरिक सबैको समान भूमिका आवश्यक रहेको उनको भनाइ थियो।

“विद्युतीय तथा वातावरणमैत्री सवारीतर्फ निजी क्षेत्रको बढ्दो अग्रसरता प्रशंसनीय छ। यसले दिगो, सुरक्षित र वातावरणमैत्री सहरी यातायात विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछ,” कार्कीले भने।

उनले नेपाल प्रहरीले पनि विद्युतीय सवारीसाधनको प्रयोग बढाउँदै वातावरण संरक्षणमा योगदान दिइरहेको उल्लेख गर्दै मोबिलिटीको विकाससँगै सडक सुरक्षालाई सबैभन्दा महत्वपूर्ण विषयका रूपमा लिनुपर्ने बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीमा बेपत्ता शिवको शव भेटिएन, कुशको आकृति बनाएर गरियो अन्तिम संस्कार

रास्वपा सचिवालय बैठक बस्दै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Experts Warn of Disease Spread in Flood-Affected Areas

Nepal’s Prime Minister Warns of Climate Change Risks After Himalayan Disaster

Himalayan Disaster Highlights Regional Cooperation

आज हुँदै एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २३औँ संस्करण

Nepal Considers Voting Rights for Overseas Immigrants

बाढीमा बेपत्ता शिवको शव भेटिएन, कुशको आकृति बनाएर गरियो अन्तिम संस्कार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu