ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदसमेत सुरक्षित छैनन्, देशमा सुरक्षा र न्यायको अवस्था कमजोर भयो : हर्क साम्पाङ


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   २ : ०५   बजे

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा नागरिकसँगै सांसदसमेत सुरक्षित नरहेको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले देशमा सुरक्षा, न्याय र सेवा प्रवाहको अवस्था कमजोर बन्दै गएको दाबी गरे। उनले नागरिकले आफू सुरक्षित रहेको अनुभूति गर्न नसकेको बताए।

“कस्तो देशमा छौँ भन्ने प्रश्नको उत्तर खोजिरहेका छौँ। जुन देशमा सुरक्षा छैन, न्याय छैन, सेवा–सुविधा पनि छैन,” उनले भने, “नागरिक सुरक्षित छैनन्। हामी सांसदहरू पनि सुरक्षित छैनौँ। जे पनि हुने खालको स्थिति छ।”

साम्पाङले देशका विभिन्न क्षेत्रमा झगडा, आगजनी तथा धम्कीका घटना बढिरहेको दाबी गरे। यस्ता घटनाबारे जानकारी गराउँदा समेत प्रभावकारी कारबाही हुन नसकेको उनको आरोप छ।

“देशमा झगडा भइरहेको छ, आगजनी भइरहेको छ। धम्की आइरहेको छ। यस्ता घटनाबारे रिपोर्ट गर्दा पनि कारबाही नहुने स्थिति छ,” उनले भने, “यात्रा गर्दासमेत असुरक्षित महसुस गर्नुपर्ने अवस्था छ।”

उनले न्यायको माग गर्दै लामो समयदेखि माइतीघरमा बसेका नागरिकप्रति पनि सरकारले पर्याप्त ध्यान नदिएको गुनासो गरे। महिनौँदेखि न्यायको माग गर्दै आन्दोलनरत नागरिकको अवस्था बुझ्न मन्त्रीहरू आफैँ सडकमा पुग्नुपर्ने उनको भनाइ थियो।

“न्याय पनि छैन यो देशमा। कति मानिसहरू त महिनौँदेखि माइतीघरमा बसिरहेका छन्,” साम्पाङले भने, “उनीहरूलाई भेट्न मन्त्रीहरू जानुहुन्छ? मन्त्रालयमा एसीको हावा खाएर मात्रै देश बुझिन्न, सडकमा गएर जनताको दुःखसुख थाहा पाउनुपर्छ।”

सरकारको कार्यशैलीप्रति आलोचना

साम्पाङले सरकार जनताको वास्तविक समस्याप्रति संवेदनशील हुन नसकेको आरोप लगाए। उनले सत्तामा रहेका व्यक्तिले जनताको दैनिक कठिनाइ प्रत्यक्ष अनुभव गर्नुपर्ने बताए।

“जनताको पीडा बुझ्नुपर्छ। एसीको कोठा छ, एसीकै गाडी छ, घरमा पनि एसी छ, तर दिनभर ग्यासको लाइनमा बस्नेहरूको पीडा कहिले बुझ्ने हो?” उनले प्रश्न गरे।

उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यशैलीप्रति समेत आलोचना गर्दै विपक्षी दल, नागरिक र आफ्नै सरकारका मन्त्रीहरूसँग समेत प्रभावकारी समन्वय गर्न नसकेको आरोप लगाए।

साम्पाङले देशमा देखिएका समस्या सरकारको लापरवाही र गैरजिम्मेवार कार्यशैलीसँग जोडिएको दाबी गर्दै जनताको समस्या बुझ्न सरकार सडक र नागरिकको बीचमा पुग्नुपर्नेमा जोड दिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीमा बेपत्ता शिवको शव भेटिएन, कुशको आकृति बनाएर गरियो अन्तिम संस्कार

रास्वपा सचिवालय बैठक बस्दै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Experts Warn of Disease Spread in Flood-Affected Areas

Nepal’s Prime Minister Warns of Climate Change Risks After Himalayan Disaster

Himalayan Disaster Highlights Regional Cooperation

आज हुँदै एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २३औँ संस्करण

Nepal Considers Voting Rights for Overseas Immigrants

बाढीमा बेपत्ता शिवको शव भेटिएन, कुशको आकृति बनाएर गरियो अन्तिम संस्कार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu