काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा १८५ जना घाइते भएका छन्।
प्रहरीका अनुसार सुनसरी, सप्तरी, कपिलवस्तु र कालिकोटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको ज्यान गएको हो।
दुर्घटनामा घाइते हुनेको संख्या सबैभन्दा बढी मधेस प्रदेशमा ६० जना रहेको छ। त्यस्तै, लुम्बिनी प्रदेशमा ३९ जना र काठमाडौं उपत्यकामा ३२ जनाघाइते भएका छन्।
यस्तै, कोशी प्रदेशमा २४ जना, सुदूरपश्चिम प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा १० जना, बागमती प्रदेशमा ६ जना र गण्डकी प्रदेशमा तीन जना घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीको तथ्यांकले पछिल्लो २४ घण्टामै देशभर ठूलो संख्यामा मानिस सवारी दुर्घटनामा परी घाइते भएको देखाएको छ। दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा, सवारीसाधनको अवस्था तथा चालकको सावधानीमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्