ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाइमा अटो एक्स्पोमा बीवाईडीका तीन नयाँ मोडल सार्वजनिक


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   २ : १५   बजे

काठमाडौँ । भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाइमा अटोमोबाइल एक्स्पोमा बीवाईडीले नेपाली बजारका लागि तीन नयाँ मोडल सार्वजनिक गरेको छ। नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एटो १ को फेसलिफ्ट, एटो २ को ४५ किलोवाट घण्टा ब्याट्रीसहितको नयाँ बेस भेरियन्ट र एटो ३ को फेसलिफ्ट सार्वजनिक गरेको हो।

नयाँ मोडल थपिएसँगै नेपाली बजारमा बीवाईडीको एटो सिरिज थप विस्तार भएको कम्पनीले जनाएको छ। विशेषगरी एटो २ को नयाँ बेस भेरियन्टले तुलनात्मक रूपमा किफायती मूल्यमा कम्प्याक्ट विद्युतीय एसयूभी खोजिरहेका ग्राहकलाई लक्षित गर्ने कम्पनीको भनाइ छ।

यसअघि नेपाली बजारमा एटो २ ५१.१३ किलोवाट घण्टा ब्याट्रीसहित उपलब्ध थियो। अब कम्पनीले ४५ किलोवाट घण्टा ब्याट्री भएको नयाँ बेस भेरियन्ट थप गरेको हो। एटो २ एसेन्सियलको मूल्य ४५ लाख ९५ हजार रुपैयाँ र प्रिमियमको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै, फेसलिफ्ट गरिएको एटो ३ का एडभान्स्ड भेरियन्टको मूल्य ६२ लाख ९० हजार रुपैयाँ र सुपेरियर भेरियन्टको मूल्य ७८ लाख रुपैयाँ तोकिएको छ।

बीवाईडीले आफ्नो सानो विद्युतीय ह्याचब्याक एटो १ को पनि फेसलिफ्ट संस्करण नेपाली बजारमा ल्याएको छ। सहरकेन्द्रित तथा इन्ट्री लेभल विद्युतीय सवारीका रूपमा लक्षित एटो १ को हाल उपलब्ध डायनामिक भेरियन्टमा ३०.०८ किलोवाट घण्टा ब्याट्री र करिब २३० किलोमिटर रेन्ज रहेको छ। नयाँ फेसलिफ्ट संस्करणमा डिजाइन तथा सुविधामा परिमार्जन गरिएको कम्पनीले जनाएको छ। यसमा वायरलेस चार्जर र ३६० डिग्री क्यामेरालगायतका सुविधा थप गरिएको छ।

यसैगरी, नेपाली बजारमा लामो समयदेखि बिक्री हुँदै आएको एटो ३ को फेसलिफ्ट संस्करण पनि एक्स्पोमार्फत सार्वजनिक गरिएको छ। नयाँ एटो ३ मा बाह्य डिजाइनसँगै चार्जिङ क्षमता र प्रविधिमा समेत सुधार गरिएको कम्पनीले जनाएको छ।

नयाँ मोडल तथा भेरियन्टको सार्वजनिकसँगै बीवाईडीले नेपाली विद्युतीय सवारी बजारमा आफ्नो उत्पादन विविधता थप बढाएको छ। नाइमा अटोमोबाइल एक्स्पोमा सार्वजनिक भएका नयाँ मोडलले विभिन्न मूल्य र प्रयोगका आवश्यकता भएका विद्युतीय सवारी प्रयोगकर्तालाई लक्षित गर्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधि सभामा सांसदद्वारा सुशासनदेखि सडक, ग्यास अभाव र युवाका मुद्दासम्म सरकारको ध्यानाकर्षण

कांग्रेस महाधिवेशन रोक्न शशांक कोइरालाको माग, गगन थापालाई पत्र

सम्बन्धित

कयर खोला किनारमा ६८ वर्षीय पुरुष मृत फेला

शेयर बजारमा सामान्य वृद्धि, नेप्से ०.७९ अंकले बढ्यो

ग्लोबल आईएमई बैंकको गाडी कर्जामा विशेष छुट, ब्याजदर ५.२५ प्रतिशतबाट

प्राकृतिक विपत्तिबाट विश्वव्यापी बीमित क्षति ४२ अर्ब डलर

६ लाख रुपैयाँ घुस लिएको आरोपमा इन्जिनियर र लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

खर्च नियन्त्रणपछि डिडिसी नाफामा, किसानको बक्यौता पनि घटाउँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu