ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फत्तेपुर दोभान बन्दै भोजपुरको आकर्षक पर्यटकीय गन्तव्य


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ३ : ०५   बजे

भोजपुर । पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा पर्ने अरुण नदी र पिखुवा खोलाको सङ्गमस्थल फत्तेपुर दोभान भोजपुरको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

अरुण नदी र पिखुवा खोला एकआपसमा मिसिएर बग्ने यो क्षेत्र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । हरियाली वनजंगल, नदीको सङ्गम र आसपासको भौगोलिक दृश्यले यहाँ पुग्ने पर्यटकलाई आकर्षित गर्ने गरेको छ । पछिल्लो समय फत्तेपुर दोभानमा आन्तरिक पर्यटकको आवागमनसमेत बढ्दै गएको स्थानीयवासी बताउँछन् ।

पर्यटन पूर्वाधारमा जोड

पर्यटकको सुविधाका लागि स्थानीय तहले फत्तेपुर दोभानमा आधारभूत पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । यहाँ आवास, खानेपानी र शौचालयलगायतका सुविधा उपलब्ध गराइएको छ भने सडक पहुँच सुधार गर्ने कामसमेत अघि बढाइएको छ ।

पौवादुङमा गाउँपालिकाका अध्यक्ष जीवन राईले प्राकृतिक सौन्दर्य संरक्षण गर्दै पर्यटकीय पूर्वाधार विस्तार गर्ने काम भइरहेको बताए । फत्तेपुर दोभानलाई थप व्यवस्थित गर्दै आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजना रहेको उनको भनाइ छ ।

पर्यटनसँग जोडिँदै स्थानीय समुदाय

फत्तेपुर दोभानको पर्यटन विकासमा स्थानीय समुदायको सहभागिता पनि बढ्दै गएको छ । स्थानीयवासी होमस्टे तथा अन्य पर्यटन सेवामा जोडिन थालेका छन् । यसबाट पर्यटकले स्थानीय संस्कृति, खानपान र जीवनशैलीको अनुभव लिन पाउनुका साथै समुदायको आयआर्जनमा समेत सहयोग पुगेको छ ।

हतुवागढी गाउँपालिका–६ का वडा सदस्य रामबहादुर लिम्बूले पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोड्ने प्रयास भइरहेको बताए । उनका अनुसार पर्यटकको आवागमन बढेसँगै स्थानीय उत्पादन र सेवाको बजारसमेत विस्तार हुने अपेक्षा गरिएको छ ।

राफ्टिङदेखि बर्डवाचिङसम्मको सम्भावना

अरुण नदी र पिखुवा खोलाको सङ्गमस्थल भएकाले फत्तेपुर दोभानमा साहसिक पर्यटनको समेत सम्भावना रहेको स्थानीय तहको भनाइ छ । आगामी दिनमा राफ्टिङ, ट्रेकिङ र बर्डवाचिङ लगायतका गतिविधि विस्तार गर्ने योजना बनाइएको छ ।

प्राकृतिक तथा जैविक विविधताले सम्पन्न क्षेत्र भएकाले वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर पर्यटन प्रवर्धन गर्नुपर्नेमा स्थानीयको जोड छ । प्लास्टिकजन्य फोहोर नियन्त्रण, वन संरक्षण र जैविक विविधताको संरक्षणसँगै पर्यटकीय गतिविधि विस्तार गर्न सके फत्तेपुर दोभानले स्थानीय अर्थतन्त्रमा थप योगदान पुर्‍याउने देखिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधि सभामा सांसदद्वारा सुशासनदेखि सडक, ग्यास अभाव र युवाका मुद्दासम्म सरकारको ध्यानाकर्षण

कांग्रेस महाधिवेशन रोक्न शशांक कोइरालाको माग, गगन थापालाई पत्र

सम्बन्धित

सिन्धुलीका झरना आन्तरिक पर्यटकका नयाँ गन्तव्य बन्दै

तिम्बुङ पोखरीमा बढ्दै आन्तरिक पर्यटकको चहलपहल

कर्णालीमा पर्यटन व्यवसायप्रति बढ्दो आकर्षण, ट्राभल एजेन्सी र रिभर गाइड थपिँदै

‘निम्सदाइ’को शव बेलायत लगिने भएपछि जन्मथलो म्याग्दीमा निराशा

निर्मल पुर्जाको शव अन्तिम संस्कारका लागि बेलायत लगियो

चिनियाँ कम्पनीको नीतिः ‘यदि तपाइँ दुःखी हुनुहुन्छ भने बिदामा बस्नुहोला’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu