ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अग्नि मोटोइंकले ल्यायो बिगसका दुई प्रिमियम विद्युतीय स्कुटर


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ३ : ०५   बजे

काठमाडौँ । अग्नि ग्रुपअन्तर्गतको अग्नि मोटोइंक प्रालिले भारतीय विद्युतीय दुईपांग्रे ब्रान्ड बिगससँगको सहकार्यमा नेपाली बजारमा दुई नयाँ प्रिमियम विद्युतीय स्कुटर सार्वजनिक गरेको छ।

काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाडा मोबिलिटी एक्स्पो २०२६’ मा कम्पनीले ‘बिजी सी१२ म्याक्स आर’ र ‘उवा म्याक्स प्लस’ मोडल सार्वजनिक गरेको हो। कम्पनीले यी स्कुटरले नेपालमा स्वच्छ तथा दिगो यातायाततर्फको रूपान्तरणलाई थप गति दिने अपेक्षा गरेको छ।

बिगस अटो प्रालिका वरिष्ठ उपाध्यक्ष सतीश शेट्टीले नेपालमा व्यवसाय विस्तारका लागि अग्नि मोटोइंकसँगको साझेदारी महत्त्वपूर्ण रहेको बताए। उनले नयाँ मोडलमार्फत नेपाली उपभोक्ताले आधुनिक प्रविधि र विश्वस्तरीय इन्जिनियरिङको अनुभव लिन सक्ने दाबी गरे।

सी१२ म्याक्स आरमा १६० किलोमिटर रेन्ज

पारिवारिक प्रयोग तथा दैनिक आवागमनलाई लक्षित गरिएको सी१२ म्याक्स आर ले एकपटकको पूर्ण चार्जमा १६० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ। यसको अधिकतम गति ७५ किलोमिटर प्रतिघण्टा रहेको छ।

स्कुटरमा ४.२ किलोवाटको मोटर र ३.८ किलोवाट–घण्टाको ब्याट्री जडान गरिएको छ। यसमा क्रुज कन्ट्रोल, साइड–स्ट्यान्ड सेन्सर र ४० लिटरभन्दा बढीको स्टोरेज क्षमता उपलब्ध छ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधि सभामा सांसदद्वारा सुशासनदेखि सडक, ग्यास अभाव र युवाका मुद्दासम्म सरकारको ध्यानाकर्षण

कांग्रेस महाधिवेशन रोक्न शशांक कोइरालाको माग, गगन थापालाई पत्र

सम्बन्धित

कयर खोला किनारमा ६८ वर्षीय पुरुष मृत फेला

शेयर बजारमा सामान्य वृद्धि, नेप्से ०.७९ अंकले बढ्यो

ग्लोबल आईएमई बैंकको गाडी कर्जामा विशेष छुट, ब्याजदर ५.२५ प्रतिशतबाट

प्राकृतिक विपत्तिबाट विश्वव्यापी बीमित क्षति ४२ अर्ब डलर

६ लाख रुपैयाँ घुस लिएको आरोपमा इन्जिनियर र लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

खर्च नियन्त्रणपछि डिडिसी नाफामा, किसानको बक्यौता पनि घटाउँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu