ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङका २५ महिला उद्यमीलाई साबुन तथा सरफ बनाउने तालिम


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ३ : ३५   बजे

बागलुङ । बागलुङ उद्योग वाणिज्य संघको महिला उद्यम विकास समितिले महिला उद्यमीलाई साबुन तथा सरफ उत्पादनसम्बन्धी तालिम दिन थालेको छ।

पाँच दिनसम्म सञ्चालन हुने तालिममा सहभागीले व्यक्तिगत प्रयोगका लागि साबुन, कपडा धुने सरफ तथा हात धुने वास बनाउने सीप सिक्नेछन्। मंगलबार आयोजित कार्यक्रममा २५ जना उद्यमीका लागि तालिम सुरु गरिएको हो।

तालिमको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेलले सीपलाई उद्यम र उद्यमलाई आत्मनिर्भर तथा सफल व्यवसायमा रूपान्तरण गर्न सहभागीलाई आग्रह गरे। उनले स्थानीय स्तरमै विभिन्न प्रकारका वस्तु उत्पादन गर्न सके आयात प्रतिस्थापनमा सहयोग पुग्ने बताए।

स्थानीय उत्पादन बढाउनु देशको आर्थिक विकासमा समेत महत्वपूर्ण हुने उल्लेख गर्दै कँडेलले थप सीप विकासका लागि महासंघले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले महिला उद्यमीलाई दक्ष बनाएर जिल्लाको व्यवसाय विस्तार गर्ने उद्देश्यले विभिन्न प्रकारका तालिम सञ्चालन गर्दै आएको बताए। दक्षता हासिल गरेका उद्यमीलाई व्यवसाय सुरु गर्न आवश्यक पर्ने सहुलियतपूर्ण कर्जाका लागि बैंक तथा वित्तीय संस्थासँग समन्वय भइरहेको उनले जानकारी दिए।

महिला उद्यम विकास समितिकी अध्यक्ष पिंगला जिसीले विभिन्न स्रोतबाट रकम जुटाएर करिब १ लाख ३० हजार रुपैयाँको लागतमा पाँचदिने तालिम सञ्चालन गरिएको बताइन्। उद्यममा संलग्न महिलाले समेत तालिममा सहभागी हुन चासो देखाएको उनले जानकारी दिइन्।

तालिममा सहजीकरण गर्न काभ्रेबाट ममता चौलागाईं र विश्वास ढुंगेल प्रशिक्षकका रूपमा आएका छन्।

तालिम उद्घाटन कार्यक्रम महिला उद्यम विकास समितिकी अध्यक्ष पिंगला जिसीको अध्यक्षतामा भएको थियो भने महासचिव रम्बादेवी शाक्यले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधि सभामा सांसदद्वारा सुशासनदेखि सडक, ग्यास अभाव र युवाका मुद्दासम्म सरकारको ध्यानाकर्षण

कांग्रेस महाधिवेशन रोक्न शशांक कोइरालाको माग, गगन थापालाई पत्र

सम्बन्धित

कयर खोला किनारमा ६८ वर्षीय पुरुष मृत फेला

ग्लोबल आईएमई बैंकको गाडी कर्जामा विशेष छुट, ब्याजदर ५.२५ प्रतिशतबाट

शेयर बजारमा सामान्य वृद्धि, नेप्से ०.७९ अंकले बढ्यो

प्राकृतिक विपत्तिबाट विश्वव्यापी बीमित क्षति ४२ अर्ब डलर

६ लाख रुपैयाँ घुस लिएको आरोपमा इन्जिनियर र लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

खर्च नियन्त्रणपछि डिडिसी नाफामा, किसानको बक्यौता पनि घटाउँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu