ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा नेपाल फर्किने तयारीमा, सरकारले अवरोध नगर्ने आश्वासन दिएको


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ७ : ०५   बजे

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किने तयारीमा रहनुभएको छ । उहाँलाई स्वतन्त्र आवागमनमा कुनै अवरोध र हस्तक्षेप नगर्ने सरकारी आश्वासन प्राप्त भएको स्रोतले जनाएको छ ।

सरकारले देउवाको नेपाल आउँदा धरपकड नगर्ने रणनीति लिएको छ, उच्च स्रोतका अनुसार यो कुरा देउवाले ढुक्क भएर फर्किन सक्ने परिस्थिति बनाएको हो । देउवा साउन २८ गते १२ः३० मा नेपाल फर्किने तय भएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवा जेनजी आन्दोलनका क्रममा गरिएको सांघातिक आक्रमणमा घाइते भएपछि उपचारका लागि कात्तिक १० गते राति सिंगापुर जानुभएको थियो। सरकार निकटस्थ स्रोतले देउवाको आवागमनमा कुनै बाधा अवरोध नगर्ने गरी ‘भद्र समझदारी’ भएको जानकारी दिएको छ । प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेसम्मलाई यो विषयमा जानकारी दिइएको ती उच्च अधिकारीको दाबी छ ।

स्रोतले भन्यो, “ढुक्क भएर उहाँ (देउवा) स्वदेश फर्किंदै हुनुहुन्छ । स्वतन्त्र आवागनमा कुनै बाधा अवरोध या धरपकड त्यस्तो केही नगर्ने, बरु निजी निवाससम्मै कडा सुरक्षामा राखेर पठाउने भन्ने छ ।” देउवा फर्किने दिन सुरक्षाकर्मीले विशेष सुरक्षा दिएर निजी निवास महाराजगञ्जसम्म पुर्याउने तयारी रहेको छ । सरकार निकटस्थ उच्च स्रोतले देउवाको वैयक्तिक स्वतन्त्रतामा हस्तक्षेप नहुने वातावरण तय गर्न एकजना उच्चस्तरका व्यक्तिमार्फत् सहजीकरण गरिएको जानकारी दिए पनि गोपनीयताका कारण नाम खुलाउन चाहेन।

पक्राउ पुर्जी र अदालतको आदेश

देउवा दम्पती सिंगापुरमै रहनुभएको बेला उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ पुर्जी जारी गरेका थिए । सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि उक्त पुर्जी जारी भएको थियो ।

त्यसयत् पक्राउ पुर्जी रोक्न माग राखेर वारेशमार्फत दिएको एक रिटमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी डा. आरजु राणा देउवालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चका न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले गत जेठ ११ गते सीआईबी र विभागका नाउँमा सो आदेश जारी गरेको हो ।

विभागले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । सम्पत्ति शुद्धीकरणको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतको भएको दाबी गर्दै देउवा दम्पतीले काठमाडौं जिल्ला अदालतबाट गैरकानुनी पक्राउ पुर्जी जारी गरिएको जिकिर सर्वोच्चमा गरेका थिए।

देउवाको प्रतिबद्धता र अन्य गतिविधि

देउवाले सिंगापुरबाटै जारी गरेको प्रेस वक्तव्य र सर्वोच्चमा दिएको रिटमा पनि आफूहरू अनुसन्धानमा सहयोग गर्न मञ्जुर भएको, सम्पत्तिको स्रोत देखाउन तयार रहेको बताउँदै पक्राउ गर्नुपर्ने अवस्था नरहेको स्पष्ट गर्नुभएको थियो ।

jिल्ला अदालतबाट पक्राउ अनुमति लिएलगत्तै विभागले देउवा दम्पतीविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी गर्ने प्रक्रिया सुरु गरेको थियो, तर इन्टरपोलले सो नोटिस जारी गर्न अस्वीकार गरेको थियो । सर्वोच्चको अन्तरिम आदेश, इन्टरपोलको रेड नोटिस जारी नभएको अवस्था र देउवा दम्पती स्वयंले आफूहरू अनुसन्धानमा सहयोग गर्न मञ्जुर रहेको भन्दै प्रतिबद्धता व्यक्त गरिसकेको अवस्थामा पक्राउ गर्नुपर्ने अवस्था नरहे पनि विभिन्न आशंका उत्पन्न हुँदै आएका थिए । सरकारले देउवादम्पतीविरुद्ध प्रतिशोधको राजनीति गर्न सक्ने संशय व्यक्त भइरहेको थियो।

यसैबीच, देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि सम्पर्क गर्नुभएको स्रोतले जानकारी दिएको छ । प्रचण्डले आफू निकटस्थ व्यक्तिमार्फत देउवासँग कुराकानी भएको पुष्टि गरेका छन्। प्रचण्ड निकट एक नेताले बताए, “अदालतको पुनरवलोकन निस्सापछि अध्यक्षसँग देउवाको कुराकानी भएको थियो ।”

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

मन्त्री र सांसदको योग्यताबारे सर्वोच्च– प्रधानमन्त्री र संसद्को विशेषाधिकारमा अदालतबाट उपचार हुँदैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Key Suspect Arrested in Jharkhand Engineering Exam Paper Leak Case

Mamata Banerjee Claims Chest Pain After Convoy Attack, Accuses Police of Bias

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

युरोपमा नेपाली टी–१० क्रिकेट, विजेतालाई ५ हजार ५५५ युरो

मन्त्री र सांसदको योग्यताबारे सर्वोच्च– प्रधानमन्त्री र संसद्को विशेषाधिकारमा अदालतबाट उपचार हुँदैन

Philippine Sailors Continue Working Despite Rising Risks in Conflict Zones

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu