ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको भारत भ्रमणको निम्ता


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ७ : १५   बजे

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणको निम्ता दिएको भारतीय विदेश मन्त्रालयले पुष्टि गरेको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्ता दिइएको पुष्टि गरेका हुन्।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच काठमाडौँमा भएको भेटवार्ता, ब्रिक्स सम्मेलनमा नेपालको सहभागिता तथा सुगौली सन्धिबारे परराष्ट्रमन्त्री शिशिर खनालले व्यक्त गरेको धारणालगायतका विषयमा प्रश्न गरिएको थियो।

भारतीय राजदूत श्रीवास्तवसँग प्रधानमन्त्री बालेनको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको जानकारी दिँदै प्रवक्ता जैसवालले प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएपछि जानकारी गराउने बताए।

“नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय हुनासाथ जानकारी गराउनेछु,” उनले भने।

नेपाल सरकारले भारतीय प्रधानमन्त्री मोदीले दिएको भ्रमणको निमन्त्रणा स्वीकार गरिसकेको बताइएको छ।

परराष्ट्रमन्त्री खनालले यसअघि नै जानकारी दिएका थिए

नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन मौरिसस पुगेका परराष्ट्रमन्त्री शिशिर खनालले गत चैतमै प्रधानमन्त्री बालेनले भारत भ्रमणको निमन्त्रणा पाइसकेको सार्वजनिक गरेका थिए।

मौरिसस भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्तासमेत गरेका थिए।

प्रधानमन्त्री बालेनले प्रोटोकलअनुसार प्रधानमन्त्रीसँग मात्र भेटवार्ता गर्ने अडान लिएपछि भारत भ्रमणको विषय केही समय लम्बिएको थियो। यही क्रममा सोमबार प्रधानमन्त्री बालेन र भारतीय राजदूत नवीन श्रीवास्तवबीच काठमाडौँमा भेटवार्ता भएको थियो।

ब्रिक्स सम्मेलनमा नेपालको सहभागिताबारे पनि छलफल

मंगलबारको पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता जैसवालले ब्रिक्स सम्मेलनमा क्षेत्रीय संगठनका नेताहरूलाई निमन्त्रणा गर्ने तयारी भइरहेको जानकारी दिए।

“हामीले क्षेत्रीय गठबन्धनबाट धेरै नेताहरूलाई निमन्त्रणा दिएका छौँ। यस विषयमा थप जानकारी दिँदै जानेछौँ,” उनले भने।

प्रधानमन्त्री बालेन भारत भ्रमणमा गएमा ब्रिक्स सम्मेलनमा नेपालको सहभागिता र क्षेत्रीय सहकार्यका विषयमा समेत छलफल हुन सक्ने देखिएको छ।

‘नेपाल–भारत सम्बन्ध राम्रो छ’

नेपाल र भारतबीच पछिल्लो समय केही विषयमा मतभेद देखिए पनि द्विपक्षीय सम्बन्ध र कूटनीतिक संवाद निरन्तर रहेको भारतीय पक्षले जनाएको छ।

नेपाल–भारत सम्बन्धबारे टिप्पणी गर्दै प्रवक्ता जैसवालले कुनै–कुनै विषयमा सहमति नबने पनि मतभेद समाधानका लागि दुई देशबीच विभिन्न संयन्त्र रहेको बताए।

“कुनै–कुनै विषयमा सहमति नबने पनि जुनसुकै विषयमा द्विपक्षीय वार्ता गर्ने संयन्त्रहरू छन्। नेपाल र भारतको सम्बन्ध राम्रो छ,” उनले भने।

मतभेद वार्ताबाटै समाधान गर्ने प्रतिबद्धता

जैसवालले दुई देशबीच उत्पन्न समस्या तथा मतभेद समाधान गर्न आवश्यक कूटनीतिक संयन्त्रहरू उपलब्ध रहेको बताए।

उनका अनुसार ती संयन्त्रमार्फत आपसी मतभेदलाई संवाद र वार्ताबाट समाधान गरिनेछ।

भारतले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन चाहेको उनले बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

मन्त्री र सांसदको योग्यताबारे सर्वोच्च– प्रधानमन्त्री र संसद्को विशेषाधिकारमा अदालतबाट उपचार हुँदैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Key Suspect Arrested in Jharkhand Engineering Exam Paper Leak Case

Mamata Banerjee Claims Chest Pain After Convoy Attack, Accuses Police of Bias

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

युरोपमा नेपाली टी–१० क्रिकेट, विजेतालाई ५ हजार ५५५ युरो

मन्त्री र सांसदको योग्यताबारे सर्वोच्च– प्रधानमन्त्री र संसद्को विशेषाधिकारमा अदालतबाट उपचार हुँदैन

Philippine Sailors Continue Working Despite Rising Risks in Conflict Zones

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu