ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनजी अभियन्ता अजय सोडारीसहित तीन जनाको धरौटी आधा घटाइयो


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   १० : १५   बजे

काठमाडौं । जेनजी अभियन्ता अजय सोडारी (पूर्णबहादुर बुढा) सहित तीन जनाको धरौटी रकम घटाइएको छ। सर्वोच्च अदालतले यसअघि तोकिएको धरौटी रकम बढी भएको भन्दै पुनः आदेश गर्न निर्देशन दिएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले धरौटी आधा घटाएको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार मंगलबार बुढासहित प्रकाश बम र सुनिल विकको धरौटी ५० हजार रुपैयाँका दरले तोकिएको छ।

यसअघि सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनीहरूलाई एक लाख रुपैयाँका दरले धरौटी तोकिएको थियो। तर, उक्त रकम बुझाउन नसकेपछि उनीहरूलाई कारागार चलान गरिएको थियो।

धरौटी रकम बढी भएको भन्दै उनीहरू बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए। साउन २० गते काठमाडौं प्रशासनले धरौटी माग गरेको थियो।

धरौटी बुझाउन नसकेपछि थुनामा रहेका उनीहरूको विषयमा सोमबार न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले काठमाडौं प्रशासनको यसअघिको आदेश बदर गरेको थियो। सर्वोच्चले पुर्पक्षसम्बन्धी आदेश पुनः गर्न निर्देशन दिएपछि मंगलबार काठमाडौं प्रशासनमा पुनः सुनुवाइ भएको हो।

धरौटी बुझाउन बाँकी

प्रशासनले मंगलबार धरौटी रकम घटाएर ५० हजार रुपैयाँ कायम गरे पनि उनीहरूले अझै धरौटी बुझाएका छैनन्।

धरौटी रकम बुझाउन नसकेका कारण अजय सोडारीसहित तीनै जना अझै कारागारमै थुनामा रहेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गोरखापत्रका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको निधन

नागरिक बचाउन माइकिङ गर्दै थिए प्रहरी, १० सेकेन्डले जोगिए एक जना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढी : एक हजार २२२ शव फेला, एक हजार ६५५ डीएनए संकलन

गोरखापत्रका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको निधन

नागरिक बचाउन माइकिङ गर्दै थिए प्रहरी, १० सेकेन्डले जोगिए एक जना

एक सातादेखि चुल्हो बलेको छैन, मोबाइलमा छोरा फर्किने खबर कुरिरहेकी सरिता

भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार, ४ हजार २१६ अझै सम्पर्कविहीन

पाल्पामा बाढीले बगाउँदा दुई युवकको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu