ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल सरकारको निशान छाप दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   १० : १५   बजे

काठमाडौं । नेपाल सरकारको निशान छाप अनधिकृत रूपमा प्रयोग गरी जीपीएस ट्र्याकर बिक्री गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–२ घर भई काठमाडौं महानगरपालिका–२२ बस्ने २९ वर्षीय दीपेन्द्र कर्माचार्य रहेका छन्। उनलाई टेवहालबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार कर्माचार्यले नेपाल सरकारको स्वीकृति नलिई आर्थिक लाभ लिने उद्देश्यले सर्वसाधारणलाई झुक्याउँदै आफूले बिक्री गर्ने जीपीएस ट्र्याकर डिभाइस नेपाल सरकारबाट मान्यता प्राप्त भएको गलत प्रचार गर्दै आएका थिए।

प्रारम्भिक अनुसन्धानमा चीनबाट आयात गरिएका जीपीएस ट्र्याकरमा नेपाल सरकारको निशान छाप राखेर बिक्री तथा वितरण गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले कर्माचार्यको साथबाट निशान छाप अंकित ५२ थान जीपीएस ट्र्याकर डिभाइस बरामद गरेको छ।

प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका कर्माचार्यलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

यस वर्षकै उच्च विन्दुमा काठमाडौंको तापक्रम, ३२.३ डिग्री सेल्सियस

प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगी स्थगित

सम्बन्धित

हायर पर्चेज कम्पनीको मनपरी ब्याज र पेनाल्टीमा राष्ट्र बैंकको कडाइ

इप्पानको १३ बुँदे माग : पीपीएदेखि अनुमतिपत्रसम्म प्रक्रिया सहज बनाउन आग्रह

भृकुटीमण्डपमा नाइमा सवारी प्रदर्शनी सुरु, पहिलो दिनमै दर्शकको भीड

लालबकैया खोलामा तीन बालबालिका बेपत्ता

काठमाडौंमा पोर्चुगलको काउन्सिलर कार्यालय खोल्न सरकारको सहमति

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शुल्क अब नगदरहित प्रणालीबाट तिर्न सकिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu