ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु, पहिलो दिन ४८ नयाँ मोडल सार्वजनिक


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ४ : ४५   बजे

काठमाडौँ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ। मंगलबार बिहान नेपाल प्रहरी क्लबमा आयोजित विशेष समारोहबीच एक्स्पोको उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधनको बिक्री तथा प्रदर्शनीमा मात्र सीमित नभई समग्र मोबिलिटी इकोसिस्टमलाई एउटै स्थानमा जोड्ने साझा मञ्च भएको बताइन्। उनले नेपालमा अटोमोबाइल क्षेत्रसम्बन्धी नीतिमा निरन्तर परिवर्तन हुँदा लगानीकर्तामा अनिश्चितता बढेको भन्दै निजी क्षेत्र र सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्र नीतिगत परिवर्तन गर्न सरकारलाई आग्रह गरिन्।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अटोमोबाइल व्यवसाय सवारीसाधन बिक्रीमा मात्र सीमित नरहेको उल्लेख गर्दै व्यवसायीलाई सडक सुरक्षा तथा सुरक्षाका क्षेत्रमा सामाजिक उत्तरदायित्व निर्वाह गर्न आग्रह गरे। उनले सवारीसाधनका ब्रान्डहरूले बिक्रीपछिको सेवामा पनि विशेष ध्यान दिनुपर्ने बताए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई मुख्यतः राजस्वको स्रोतका रूपमा मात्र हेर्ने गरेको गुनासो गरे। उनले अटोमोबाइललाई विलासिताको वस्तु नभई आवश्यकता र आर्थिक गतिविधिसँग जोडिएको क्षेत्रका रूपमा लिन आग्रह गर्दै नेपालमा अटोमोबाइलमा लाग्ने भन्सारदर विश्वकै उच्चमध्ये रहेको दाबी गरे।

उनले व्यवसाय तथा लगानीका लागि स्थिर नीति आवश्यक रहेको भन्दै विद्युतीय सवारीसाधनका लागि पनि दीर्घकालीन र स्पष्ट नीति बनाउन सरकारसँग आग्रह गरे। निजी क्षेत्र लगानीका लागि तयार रहे पनि त्यसका लागि सरकारले अनुकूल वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अटोमोबाइल क्षेत्र सरकारलाई ठूलो मात्रामा राजस्व उपलब्ध गराउने क्षेत्र भएकाले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए। यातायात क्षेत्रमा हुने लगानीले दिगो विकास र समग्र अर्थतन्त्रमा योगदान पुर्‍याउने उनको भनाइ थियो।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटीलाई केवल यातायातको विषयका रूपमा हेर्न नहुने बताए। उनका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा मोबिलिटी क्षेत्रको करिब ७ प्रतिशत योगदान रहेको छ। बैंकिङ, बीमा, पर्यटन, निर्माण र सूचना प्रविधिसहित विभिन्न क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको मोबिलिटीलाई आर्थिक विकासको इन्जिनका रूपमा विकास गर्नुपर्ने उनले बताए।

एक्स्पोको पहिलो दिन ४८ वटा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिएको आयोजकले जनाएको छ। पहिलो दिन २९ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेको र मेलाको अवधिभर करिब डेढ लाख दर्शक आउने अपेक्षा आयोजकको छ।

एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताहरूको सहभागिता रहेको छ। नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डसहित विद्युतीय कार, विद्युतीय स्कुटर तथा व्यावसायिक सवारीसाधन प्रदर्शनीका प्रमुख आकर्षण बनेका छन्। बैंक तथा वित्तीय संस्थाहरूले पनि सवारीसाधन खरिदका लागि विभिन्न विशेष कर्जा तथा सहुलियत योजना सार्वजनिक गरेका छन्।

एक्स्पोअन्तर्गत मंगलबार ‘इन्भेस्टमेन्ट एन्ड फरेन डाइरेक्ट इन्भेस्टमेन्ट (एफडीआई): मोबिलाइजिङ फ्युल फर इकोनोमिक ग्रोथ’ विषयमा छलफलसमेत आयोजना गरिएको थियो। पूर्वबैंकर अनिलकेशरी शाहको सहजीकरणमा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र नाइमा अध्यक्ष वैद्य सहभागी थिए।

एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा लर्निङ सेसन, नीतिगत संवाद तथा उद्योग आदानप्रदानलगायत कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ। ग्रान्डी इन्टरनेसनल हस्पिटलले सडक दुर्घटनापछि आवश्यक पर्ने प्राथमिक उपचार तथा जीवनरक्षा सम्बन्धी जानकारीमूलक प्रस्तुति पनि दिएको छ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। एक्स्पोमा बैंकिङ, बीमा, चार्जिङ पूर्वाधार, प्रविधि, स्वास्थ्य तथा अन्य सम्बन्धित क्षेत्रका संस्थाहरूको समेत सहभागिता रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशीमा मन्त्रिपरिषद् विस्तार रोकियो, नेकपाभित्रै मन्त्रीका आकाङ्क्षी धेरै

पूर्वाधार विकास मन्त्री लम्साल बिरामी, थप उपचारका लागि काठमाडौं लगियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Cardamom Farmers in Taplejung See Strong Start to Harvest Season

Indonesia Earthquake Death Toll Climbs to 51 as Rescue Efforts Continue

कोशीमा मन्त्रिपरिषद् विस्तार रोकियो, नेकपाभित्रै मन्त्रीका आकाङ्क्षी धेरै

सुनको भाउ फेरि बढ्यो, तोलाको ३ लाख ६ हजार ८ सय रुपैयाँ

बद्री र हेमन्ताको ‘पति परमेश्वर’ सार्वजनिक

पूर्वाधार विकास मन्त्री लम्साल बिरामी, थप उपचारका लागि काठमाडौं लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu