ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘भिन्न परिवेश, समान आकांक्षा’ बीच विश्व युवा दिवस : अवसरको खोजीमा नेपाली युवा, विदेशिने क्रम कायमै


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ७ : ०५   बजे

काठमाडौँ । विश्वभरका युवाको अधिकार, अवसर, आकांक्षा र चुनौतीबारे बहस गर्दै आज विश्व युवा दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९९ मा अगस्ट १२ लाई विश्व युवा दिवसका रूपमा मनाउने निर्णय गरेपछि सन् २००० देखि यो दिवस मनाउन थालिएको हो।

यस वर्षको दिवसको नारा ‘भिन्न परिवेश, समान आकांक्षा’ तय गरिएको छ। संसारका युवाको सामाजिक, आर्थिक, भौगोलिक र सांस्कृतिक परिवेश फरक भए पनि उनीहरूको आधारभूत आकांक्षा भने समान रहेको सन्देश यस नाराले दिन्छ।

मर्यादित जीवन, गुणस्तरीय शिक्षा, सम्मानजनक रोजगारी, स्वास्थ्य तथा सुरक्षा, प्रविधिमा पहुँच र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता विश्वभरका युवाका साझा अपेक्षा हुन्। तर नेपालमा भने यिनै आधारभूत अवसरको खोजीमा ठूलो संख्यामा युवा विदेशिन बाध्य भइरहेका छन्।

युवा दिवस : उत्सवभन्दा आत्मसमीक्षाको अवसर

विश्व युवा दिवस केवल औपचारिक कार्यक्रम गर्ने दिन नभई युवाको अवस्था र भविष्यबारे आत्मसमीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने आवश्यकता छ।

के नेपाली युवा आफ्नो वर्तमानप्रति सन्तुष्ट छन् ? उनीहरूले चाहेको शिक्षा, रोजगारी र अवसर पाएका छन् ? राज्यले युवालाई देश निर्माणको प्रमुख शक्तिका रूपमा उपयोग गर्न सकेको छ ? युवाको राजनीतिक चेतना र सहभागिता कस्तो छ ? उनीहरूलाई नेतृत्व हस्तान्तरणका लागि पर्याप्त ठाउँ दिइएको छ ?

यस्ता प्रश्नको उत्तर खोज्नु विश्व युवा दिवसको वास्तविक उद्देश्यसँग जोडिन्छ।

युवा अधिकार र अवसरको पैरवी गर्नु, बेरोजगारी तथा युवासँग सम्बन्धित अन्य समस्याप्रति राज्यको ध्यानाकर्षण गराउनु, नेतृत्व हस्तान्तरण र नवप्रवर्तनमा युवालाई प्रोत्साहित गर्नु दिवसका प्रमुख उद्देश्य हुन्।

नेपालमा ४२ प्रतिशतभन्दा बढी युवा

युवाको परिभाषा देशअनुसार फरक छ। संयुक्त राष्ट्रसङ्घले १५ देखि २४ वर्ष उमेर समूहलाई युवा मानेको छ। नेपालमा भने राष्ट्रिय युवा नीति २०७२ र राष्ट्रिय युवा परिषद् ऐन २०७२ अनुसार १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मानिन्छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको संख्या करिब १ करोड २४ लाख छ। यो कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत हो।

अर्थात् नेपालको जनसाङ्ख्यिक संरचनामा युवा जनशक्ति अत्यन्त महत्वपूर्ण हिस्सामा छ। तर युवा जनसङ्ख्या ठूलो हुनु मात्र पर्याप्त हुँदैन। त्यसलाई शिक्षा, सीप, रोजगारी, उद्यमशीलता र निर्णय प्रक्रियामा जोड्न नसकिए जनसाङ्ख्यिक लाभ नै चुनौतीमा परिणत हुन सक्छ।

विश्वव्यापी रूपमा पनि युवाको संख्या ठूलो छ। संयुक्त राष्ट्रसङ्घका अनुसार १५ देखि २४ वर्ष उमेर समूहका युवा विश्व जनसङ्ख्याको करिब १६ प्रतिशत अर्थात् १.२ अर्बभन्दा बढी छन्।

युवाको आवाज राजनीतिमा बलियो, रोजगारीमा कमजोर

नेपालमा पछिल्लो राजनीतिक परिवर्तनले युवाको राजनीतिक प्रभाव बढेको संकेत गरेको छ। नयाँ पुस्ताको राजनीतिक सक्रियता, नेतृत्वप्रतिको प्रश्न र सार्वजनिक जवाफदेहिताको मागले परम्परागत राजनीतिक अभ्यासलाई चुनौती दिएको छ।

नेपालमा मात्रै होइन, दक्षिण एसियाका विभिन्न मुलुकमा पनि युवाको नेतृत्वमा भएका आन्दोलनले राजनीतिक शक्ति सन्तुलनमा प्रभाव पारेका छन्।

तर राजनीतिक क्षेत्रमा युवाको प्रभाव बढ्दै जाँदा पनि आर्थिक अवसरको क्षेत्रमा भने अवस्था उत्साहजनक छैन। ठूलो संख्यामा युवा स्वदेशमै आफ्नो भविष्य सुरक्षित देख्न नसकेर वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका छन्।

दैनिक हजारौँ युवा विदेशिँदै

नेपालको युवा समस्याको सबैभन्दा गम्भीर पक्ष नै श्रम प्रवासन बनेको छ।

वैदेशिक रोजगार विभागका पछिल्ला तथ्याङ्कअनुसार प्रत्येक वर्ष लाखौँ नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने गरेका छन्। औसतमा दैनिक हजारौँ युवा श्रम स्वीकृति लिएर विदेशिने अवस्था छ।

खाडी मुलुक, मलेसिया तथा पछिल्लो समय जापान, दक्षिण कोरिया, रोमानिया, क्रोएसिया र पोल्यान्डजस्ता युरोपेली मुलुक पनि नेपाली युवाका प्रमुख गन्तव्य बनेका छन्।

यसरी विदेशिने युवाले पठाउने विप्रेषण नेपालको अर्थतन्त्रको प्रमुख आधार बनेको छ। विप्रेषणले नेपालको कुल गार्हस्थ्य उत्पादनमा एक चौथाइभन्दा बढी हिस्सा ओगटिरहेको छ।

तर प्रश्न उठ्छ—देशको उत्पादनशील युवा शक्ति विदेश पठाएर प्राप्त हुने विप्रेषणमा निर्भर अर्थतन्त्र कति दिगो हुन्छ ?

रेमिट्यान्स बढ्दै, श्रमिकको सुरक्षा घट्दै

वैदेशिक रोजगारीबाट आउने विप्रेषणले लाखौँ परिवारको जीवन धानेको छ। शिक्षा, स्वास्थ्य, आवासदेखि दैनिक उपभोगसम्ममा यसको ठूलो योगदान छ।

तर वैदेशिक रोजगारीमा जाने नेपाली युवाको श्रम अधिकार र सुरक्षाको अवस्था अझै चिन्ताजनक छ।

सम्झौताअनुसारको काम नपाउने, कम पारिश्रमिक पाउने, कामको प्रकृति परिवर्तन हुने, समयमा तलब नपाउने, शारीरिक तथा मानसिक दुर्व्यवहारमा पर्ने र दुर्घटनामा ज्यान गुमाउनेजस्ता समस्या नेपाली श्रमिकले भोग्दै आएका छन्।

विशेषगरी पर्याप्त सीप र तालिमबिना विदेश जाने युवाका लागि जोखिम अझ बढी हुन्छ। ठूलो संख्यामा नेपाली श्रमिक अदक्ष अवस्थामै वैदेशिक रोजगारीमा जाने भएकाले उनीहरू कम पारिश्रमिक र जोखिमपूर्ण काममा सीमित हुने गरेका छन्।

वैदेशिक रोजगार बोर्डका तथ्याङ्कले पछिल्लो दशकमा वैदेशिक रोजगारीका क्रममा १० हजारभन्दा बढी नेपालीको मृत्यु भएको देखाउँछ। यो तथ्याङ्कले रेमिट्यान्सको पछाडि रहेको मानवीय मूल्यलाई पनि उजागर गर्छ।

युवाको प्रश्न : देशमै अवसर कहिले ?

विश्व युवा दिवसको यस वर्षको नाराले एउटा महत्वपूर्ण प्रश्न उठाउँछ—परिवेश फरक भए पनि युवाको आकांक्षा समान छ भने राज्यले ती आकांक्षा पूरा गर्ने वातावरण कहिले बनाउने ?

नेपाली युवालाई देशमै सम्मानजनक रोजगारी, गुणस्तरीय शिक्षा, उद्यमशीलताका अवसर र सामाजिक सुरक्षा उपलब्ध गराउन सके वैदेशिक रोजगारी बाध्यता नभई विकल्प बन्न सक्छ।

त्यसका लागि सरकारले युवा नीतिलाई केवल भाषण र कार्यक्रमभन्दा माथि उठाएर सीप विकास, उत्पादन, उद्यमशीलता, लगानी, प्रविधि र रोजगारी सिर्जनासँग प्रत्यक्ष जोड्नुपर्ने देखिन्छ।

युवा देशको भविष्य मात्र होइनन्, वर्तमानका सबैभन्दा महत्वपूर्ण आर्थिक र सामाजिक शक्ति हुन्। त्यसैले युवालाई विदेश जानबाट रोक्नेभन्दा देशमै बस्न चाहने र फर्केर आउन चाहने वातावरण निर्माण गर्नु राज्यको दीर्घकालीन प्राथमिकता हुनुपर्छ।

विश्व युवा दिवसले यही प्रश्नमाथि गम्भीर बहसको माग गर्छ—नेपालका युवाको आकांक्षा बुझ्ने मात्र कि त्यसलाई पूरा गर्ने राज्य पनि बनाउने ?

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ललितपुरको ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट, बुधबार उद्घाटन हुँदै

ड्रोन क्यामरामा कैद काठमाडौँको घना बस्ती

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ललितपुरको ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट, बुधबार उद्घाटन हुँदै

ड्रोन क्यामरामा कैद काठमाडौँको घना बस्ती

वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भावना अध्ययन गर्न कार्यदल गठन

नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

ट्रकको ठक्करबाट एमाले सुदूरपश्चिमकी नेतृ सावित्रा सापकोटाको मृत्यु

सरकारसँग सहमति भएपछि वैदेशिक रोजगार व्यवसायीले आन्दोलन फिर्ता लिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu