ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बढ्दो मासु खपत, कमजोर निरीक्षण : सुरक्षित मासुका लागि सरकारको नयाँ पहल


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ७ : १५   बजे

काठमाडौँ । नेपालमा मासुको खपत निरन्तर बढ्दै गए पनि स्वस्थकर मासु उत्पादन, पशु वध, निरीक्षण र बिक्रीको प्रणाली भने अझै व्यवस्थित हुन सकेको छैन। खुला स्थानमा पशु वध हुने, वधअघि तथा वधपछि स्वास्थ्य परीक्षण नहुने र मासु पसलको प्रभावकारी अनुगमन हुन नसक्ने अवस्थाबीच सरकारले मासु क्षेत्रलाई वैज्ञानिक र व्यवस्थित बनाउने तयारी थालेको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले देशभर सञ्चालनमा रहेका वधशाला, वधस्थल र मासु पसलको अवस्था अध्ययन तथा तथ्याङ्क सङ्कलन सुरु गरेको छ। अध्ययनमार्फत देशभर कति वधशाला सञ्चालनमा छन्, कति मासु पसल दर्ता भएका छन्, तिनको भौतिक तथा स्वास्थ्यसम्बन्धी अवस्था कस्तो छ र कहाँ सुधार आवश्यक छ भन्ने यथार्थ विवरण तयार गर्ने सरकारको लक्ष्य छ।

मन्त्रालयका सहप्रवक्ता लालकुमार श्रेष्ठका अनुसार तथ्यमा आधारित नीति निर्माण, प्रभावकारी अनुगमन र नियमन प्रणाली विकासका लागि अध्ययन महत्वपूर्ण हुनेछ।

नेपालमा मासुको माग बढिरहेको भए पनि धेरै स्थानमा अझै खुला रूपमा पशु वध गर्ने र स्वास्थ्य परीक्षणबिनै मासु बिक्री गर्ने प्रवृत्ति कायम छ। यस्तो अवस्थाले उपभोक्ताको स्वास्थ्य सुरक्षामा गम्भीर प्रश्न उठाउँदै आएको छ।

निरीक्षण प्रणाली बलियो बनाउने तयारी

मासु उत्पादन तथा बिक्रीलाई सुरक्षित बनाउन सरकारले दर्तावाल पशुचिकित्सकलाई मासु निरीक्षकका रूपमा परिचालन गर्ने तयारी गरेको छ। पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ ले वधअघि र वधपछि मासुको निरीक्षण तथा परीक्षणलाई अनिवार्य गरे पनि यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन।

प्रस्तावित निरीक्षण प्रणाली प्रभावकारी बनेमा वध गर्न लागिएको पशुको स्वास्थ्य परीक्षण, रोगको पहिचान तथा वधपछि प्राप्त मासु मानव उपभोगका लागि सुरक्षित भए–नभएको परीक्षण गर्न सकिनेछ।

पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोज शाहीले प्रभावकारी निरीक्षण प्रणाली लागू गर्न सके उपभोक्ताले सुरक्षित मासु पाउने वातावरण बन्ने बताउनुभएको छ। उहाँका अनुसार मासु निरीक्षक उपभोक्ताको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण संरचना हुन्।

पशुजन्य खाद्य पदार्थको उत्पादन, प्रशोधन र बिक्रीका क्रममा स्वच्छता कायम गर्न नसक्दा विभिन्न सङ्क्रामक रोग फैलिन सक्ने जोखिम रहन्छ। त्यसैले पशुको स्वास्थ्य परीक्षणदेखि मासु उपभोक्ताको भान्सासम्म पुग्ने प्रक्रियालाई एउटै स्वास्थ्य सुरक्षा प्रणालीभित्र राख्नुपर्ने आवश्यकता देखिएको छ।

आधुनिक वधशालाको आवश्यकता

सरकारले आधुनिक वधशाला सञ्चालनका लागि आवश्यक उपकरण, प्राविधिक सेवा र परामर्शदाता संस्थाको विवरणसमेत सङ्कलन गरिरहेको छ।

यसले भविष्यमा स्थानीय तह र निजी क्षेत्रलाई आधुनिक तथा मापदण्डयुक्त वधशाला स्थापना र सञ्चालन गर्न आवश्यक प्राविधिक तथा संस्थागत आधार तयार गर्ने अपेक्षा गरिएको छ।

तर केवल वधशाला निर्माण गरेर मात्र समस्या समाधान नहुने विज्ञहरूको धारणा छ। वधशालाको नियमित सञ्चालन, पशु स्वास्थ्य परीक्षण, फोहोर व्यवस्थापन, चिस्यान प्रणाली, मासु ढुवानी र बिक्रीस्थलको सरसफाइसम्मको सम्पूर्ण शृङ्खला व्यवस्थित गर्नुपर्ने हुन्छ।

उपभोक्ताको स्वास्थ्यसँग जोडिएको विषय

उपभोक्ता अधिकारकर्मी हरिशरण दाहालले सुरक्षित मासु उपभोक्ताको आधारभूत अधिकार भएको बताउँदै सरकारको पहल कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ।

उहाँका अनुसार पशु उत्पादनदेखि वध, प्रशोधन, ढुवानी र बिक्रीसम्म प्रत्येक चरणमा प्रभावकारी अनुगमन नभएसम्म सुरक्षित मासुको प्रत्याभूति गर्न कठिन हुन्छ।

“मासु क्षेत्रको सुधार केवल वधशाला निर्माणको विषय होइन, उत्पादनदेखि उपभोक्ताको थालसम्मको सम्पूर्ण प्रणाली सुधारको विषय हो,”उहाँको जोड छ।

सरकारले अहिले थालेको वधशाला, वधस्थल र मासु पसलको म्यापिङ तथा निरीक्षक परिचालनको तयारी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके नेपालको मासु बजारमा गुणस्तर, स्वच्छता र पारदर्शिता बढ्न सक्छ।

बढ्दो मासु खपतसँगै अब मुख्य प्रश्न मासु कति उत्पादन भयो भन्नेभन्दा पनि कति सुरक्षित रूपमा उपभोक्तासम्म पुग्यो भन्ने बनेको छ। सरकारको नयाँ पहलले यही प्रश्नको जवाफ दिने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गोरखापत्रका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको निधन

नागरिक बचाउन माइकिङ गर्दै थिए प्रहरी, १० सेकेन्डले जोगिए एक जना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढी : एक हजार २२२ शव फेला, एक हजार ६५५ डीएनए संकलन

गोरखापत्रका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको निधन

नागरिक बचाउन माइकिङ गर्दै थिए प्रहरी, १० सेकेन्डले जोगिए एक जना

एक सातादेखि चुल्हो बलेको छैन, मोबाइलमा छोरा फर्किने खबर कुरिरहेकी सरिता

भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार, ४ हजार २१६ अझै सम्पर्कविहीन

पाल्पामा बाढीले बगाउँदा दुई युवकको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu