पोखरा । सिजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको अधिकृत वितरक सिजी मोटोकर्पले देशभरका सुजुकी सर्भिस सेन्टरमा तीनदिने विशेष मनसुन निःशुल्क सर्भिस क्याम्प आयोजना गर्ने भएको छ।
साउन २७ देखि २९ गतेसम्म सञ्चालन हुने क्याम्पमा सुजुकीका ग्राहकले वर्षायाममा बढी जोखिममा पर्ने ब्रेक, टायर, वाइपर, इन्जिन तथा इलेक्ट्रिकल प्रणालीको निःशुल्क जाँच गराउन सक्नेछन्। ग्राहकले विशेषज्ञ मर्मत सल्लाहसँगै पाट्र्स तथा सर्भिसमा विशेष छुटसमेत पाउनेछन्।
क्याम्पमा पाट्र्स तथा लुब्रिकेन्टमा १० प्रतिशत र लेबरमा २० प्रतिशत छुट दिइनेछ। यस्तै, एसेसरिजमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
क्याम्प अवधिभर निःशुल्क जनरल जाँच, एसी तथा ब्याट्री परीक्षण गरिनेछ। ब्रेक, टायर, वाइपर र इलेक्ट्रिकल प्रणालीको अवस्थालाई विशेष प्राथमिकताका साथ जाँच गरिने कम्पनीले जनाएको छ।
सिजी मोटोकर्पका वरिष्ठ प्रबन्धक सरोज खड्काले मनसुन सवारीसाधनका लागि चुनौतीपूर्ण समय भएकाले सुरक्षित सवारी सञ्चालन र नियमित मर्मतसम्भारलाई प्रोत्साहन गर्ने उद्देश्यले क्याम्प आयोजना गरिएको बताए।
क्याम्पका क्रममा तीन जना भाग्यशाली ग्राहकलाई आकर्षक उपहारसमेत प्रदान गरिनेछ। कम्पनीले देशभरका सबै अधिकृत सुजुकी सर्भिस सेन्टरमा क्याम्प सञ्चालन हुने जनाएको छ।
सुजुकीका ग्राहकले आफ्नो नजिकको अधिकृत सर्भिस सेन्टरमा पुगेर क्याम्पको सुविधा लिन सक्नेछन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्