ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज ११ जिल्लामा आकस्मिक बाढीको जोखिम


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ११ : २५   बजे

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशका विभिन्न स्थानका खोला तथा नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै ११ जिल्ला तथा आसपासका क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। महाशाखाले नदी तथा खोला आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, खोटाङ, कास्की, लमजुङ, पर्वत, पाल्पा, तनहुँ, म्याग्दी, जुम्ला र दैलेख भएर बहने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने सम्भावना छ।

वर्षा हुने क्रम जारी रहेकाले कमजोर तथा भिरालो भूभागमा रहेका खोला–नदीमा पानीको सतह अचानक बढ्न सक्ने भएकाले स्थानीयवासीलाई विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

बाढीको जोखिम बढ्न सक्ने

आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेकाले नदी तथा खोलामा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ। यसअघि पनि पछिल्ला दिनमा विभिन्न पहाडी तथा हिमाली जिल्लामा साना नदीमा बहाव बढेर आकस्मिक बाढीको जोखिम देखिएको थियो।

महाशाखाले नदी किनार, खोला आसपास तथा बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन र जोखिमयुक्त स्थानमा नजान आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

किशोर श्रेष्ठको निवास र कार्यालयमा प्रहरीको खानतलासी

सुस्ता जोगाउन रातदिन नदी किनारमा खटिँदै स्थानीय, सरकारी सहयोग बढ्यो

सम्बन्धित

प्यूठानमा खोलाको किनारमा चार जनाको शव फेला, हत्या आशंका

आज ११ जिल्लामा आकस्मिक बाढीको जोखिम

लगानीकर्तालाई नयाँ सुविधा : ब्रोकरबाटै मार्जिन कर्जा, एक वर्षसम्म कारोबार गर्न सकिने

सवारी आयात बढ्यो, सडक–पार्किङ पूर्वाधार सुस्त : ध्रुव थापा

लगानीकर्तालाई नयाँ सुविधा : ब्रोकरबाटै मार्जिन कर्जा, एक वर्षसम्म कारोबार गर्न सकिने

सवारी आयात बढ्यो, सडक–पार्किङ पूर्वाधार सुस्त : ध्रुव थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu