ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानी नाकाबन्दी तोड्न खोजेको आरोपमा अमेरिकी सेनाद्वारा मालवाहक जहाजमाथि क्षेप्यास्त्र प्रहार


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   १० : ५५   बजे

काठमाडौं । अमेरिकी सेनाले इरानी बन्दरगाहमाथि लगाइएको समुद्री नाकाबन्दी तोड्ने प्रयास गरेको आरोपमा ओमानको खाडीमा एक मालवाहक जहाजमाथि आक्रमण गरेको छ ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार अमेरिकी नौसेनाको हेलिकोप्टरले पानामाको झण्डा बोकेको ‘भेला नोभा’ नामक मालवाहक जहाजमाथि दुईवटा ‘हेलफायर’ क्षेप्यास्त्र प्रहार गरेको हो । मंगलबार भएको आक्रमणमा जहाजको इन्जिन रुमलाई निशाना बनाइएको सेन्ट्रल कमान्डले जनाएको छ ।

अमेरिकी सेनाका अनुसार उक्त जहाज ओमानको खाडी हुँदै इरानी बन्दरगाहतर्फ अघि बढिरहेको थियो । जहाजका चालक दललाई पटक–पटक चेतावनी दिइए पनि निर्देशन पालना नगरेपछि आक्रमण गरिएको अमेरिकी पक्षको दाबी छ ।

आक्रमणबाट चालक दलका सदस्य घाइते भए वा नभएकोबारे भने अमेरिकी सेनाले कुनै विवरण सार्वजनिक गरेको छैन ।

५५ व्यावसायिक जहाज रोकिएको अमेरिकी दाबी

सेन्ट्रल कमान्डका अनुसार इरानी बन्दरगाहमाथि लगाइएको समुद्री नाकाबन्दी कार्यान्वयन गर्ने क्रममा हालसम्म ५५ वटा व्यावसायिक जहाजलाई मार्ग परिवर्तन गर्न लगाइएको छ ।

हालै पुनः सुरु भएको अमेरिका–इरान सैन्य तनावबीच अमेरिकाले इरानी बन्दरगाहमाथि समुद्री नाकाबन्दी लागू गरेको हो । इरानले भने हर्मुज जलमार्गमा पुनः आफ्नो नियन्त्रण कायम गरेको दाबी गर्दै आएको छ ।

यसअघि भएको समझदारीपछि हटाइएका नाकाबन्दी तथा नियन्त्रणका व्यवस्था पछिल्लो सैन्य तनावसँगै पुनः लागू भएका हुन् । घटनाले ओमानको खाडी र हर्मुज जलमार्गमा बढ्दो तनावलाई थप गम्भीर बनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अल्ट्राभायोलेटको एक्स ४७ नेपालमा सार्वजनिक, मूल्य ६ लाख ८४ हजार ९००

कांग्रेस असन्तुष्ट पक्षको भेलामा सहभागी हुन पूर्णबहादुर खड्कालाई शशांकको निम्तो

सम्बन्धित

अमेरिकी सिनेटमा ‘तिब्बतको भविष्य सुनिश्चित गर्ने’ विधेयक पेश

इरानतर्फ गइरहेको जहाजलाई अमेरिकाले रोकेको दाबी

ट्रम्पको कम्पनी टीएमटीजीलाई दोस्रो त्रैमासिकमा २३८ मिलियन डलर घाटा

जिम्बाब्वेको करिबा तालमा डुंगा दुर्घटना, १५ जनाको मृत्यु

एयर इन्डियाका पाइलटको ड्रग परीक्षण पोजेटिभ, उडानका क्रममा २४ जना घाइते

बाब अल–मन्देबमा हुथी आक्रमण, चार चालक दलका सदस्यको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu