काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलाका संयोजक डा. शशांक कोइरालाले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निवासमै पुगेर भेलामा सहभागी हुन निमन्त्रणा दिएका छन्।
कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार डा. शशांकले भेलामा सहभागी हुन आग्रह गरेका थिए। जवाफमा खड्काले सकारात्मक प्रतिक्रिया दिएको तिवारीले जानकारी दिए।
असन्तुष्ट पक्षको राष्ट्रिय भेला भदौ २९ देखि ३१ गतेसम्म आयोजना हुँदैछ। भेलामा पूर्वसभापति शेरबहादुर देउवाले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।
देउवालाई स्वागत गर्न ५ हजार कार्यकर्ता परिचालनको तयारी
विदेशमा रहेका पूर्वसभापति देउवा बिहीबार नेपाल फर्किने कार्यक्रम छ। उनलाई स्वागत गर्न विमानस्थलदेखि निवाससम्म करिब ५ हजार नेता तथा कार्यकर्ताले स्कर्टिङ गर्ने तयारी गरिएको स्रोतले जनाएको छ।
भेलालाई सम्बोधन गर्न देउवा विदेशबाट नेपाल फर्किन लागेको बताइएको छ। कांग्रेसभित्र असन्तुष्ट पक्षको राष्ट्रिय भेलालाई आगामी राजनीतिक तथा संगठनात्मक रणनीतिका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्