ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिमेन्टमा जस्तै अन्य खनिजमा सफलता किन भएन ? सांसद अधिकारीको प्रश्न


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   २ : ०५   बजे

काठमाडौं । नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर हुँदै निर्यातको सम्भावनासम्म पुगे पनि फलाम, तामा, डोलोमाइटलगायत खनिजमा त्यस्तै उपलब्धि हासिल गर्न नसकेको भन्दै सांसद लिमा अधिकारीले प्रश्न उठाएकी छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँगको छलफलमा उनले नेपालमा ६० भन्दा बढी प्रकारका खनिज पहिचान भइसकेको र एक हजारभन्दा बढी स्थानमा खनिज स्रोत भेटिए पनि खानी क्षेत्रको अर्थतन्त्रमा योगदान ०.५ प्रतिशतभन्दा माथि उठ्न नसकेको बताइन् । उनका अनुसार खनिजको अभावभन्दा पनि नीतिगत जटिलता, अनुमति प्रक्रियामा ढिलाइ, धेरै निकायबाट स्वीकृति लिनुपर्ने अवस्था र पूर्वाधारको कमी मुख्य समस्या हुन् ।

अधिकारीले सिमेन्ट क्षेत्रमा जस्तै अन्य खनिजको उत्खनन तथा प्रशोधनमा निजी क्षेत्रलाई आकर्षित गर्न सडक, विद्युत् र प्रशोधन उद्योगलगायत पूर्वाधारमा लगानी बढाउनुपर्ने बताइन् । उनले वन क्षेत्रको उपयोग, काठ आयात, खानी तथा पूर्वाधार आयोजनामा स्वीकृति प्रक्रियाको झन्झट र ईआईए/आईईई प्रक्रियालाई समयबद्ध बनाउनुपर्ने विषयमा समेत आयोगसँग समाधान मागेकी छन् ।

आयोगले खानी क्षेत्रमा लगानी बढाउने सम्भावना र देखिएका समस्याबारे अध्ययन तथा निष्कर्ष सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता आरोप, छानबिन समिति गठन गर्न सांसद सुनुवारको माग

संसद्मा कोरम नपुग्नु : नयाँ अनुहार, पुरानै गैरजिम्मेवारी

सम्बन्धित

सेयरबजारमा सामान्य वृद्धि, साढे ३ अर्बको कारोबार

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले थप ३० अर्ब रुपैयाँ तान्दै

राष्ट्रियसभा बैठक सुरु, विभिन्न विधेयक कार्यसूचीमा

दुई दशकदेखि रोकिएन पहिरो, ओखलढुङ्गाका पाँच परिवार उच्च जोखिममा

बूढीगण्डकी फेरि अन्योलमा, ‘घरजग्गा फिर्ता लिने’ प्रभावितको चेतावनी

दोस्रो पर्वत जेसीज कपमा २७ टोली भिड्दै, विजेतालाई १ लाख ११ हजार १११ रुपैयाँ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu