ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता आरोप, छानबिन समिति गठन गर्न सांसद सुनुवारको माग


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ३ : २५   बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनुवारले निर्वाचन प्रहरीको पोसाक खरिद प्रक्रियामा भएको भनिएको अनियमितताबारे छानबिन गर्न छुट्टै समिति गठन गर्न माग गरेका छन्।

लेखा समितिको बैठकमा बोल्दै सांसद सुनुवारले पोसाक खरिद प्रक्रियामा उठेका प्रश्नबारे निष्पक्ष र गहिरो अनुसन्धान आवश्यक रहेको बताए।

उनले छानबिन समिति गठन भएपछि गृहसचिव राजकुमार श्रेष्ठ र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट अलग गरेर छानबिनको दायरामा ल्याउनुपर्ने धारणा राखे।

“तत्कालै छानबिन समिति बन्नुपर्छ,” उनले भने, “छानबिन समिति बनेपछि गृहसचिव र आईजीपीलाई जिम्मेवारीबाट निकालेर कठघरामा उभ्याउनुपर्छ।”

सांसद सुनुवारले फागुन २१ गते भएको निर्वाचनका क्रममा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका ओमप्रकाश अर्याल र तत्कालीन सशस्त्र प्रहरी प्रमुख राजु अर्याललाई समेत तत्काल छलफलका लागि बोलाउनुपर्ने माग गरे।

पोसाक खरिदका क्रममा व्यापारी छनोटमा मिलेमतो भएको आरोपसहित उजुरी परेको भन्दै उनले त्यसबारे थप अनुसन्धान आवश्यक रहेको बताए।

उजुरीमाथि समितिमा छलफल

सांसद सुनुवारले गृहमन्त्रीसहित सम्बन्धित अधिकारीहरूको सम्भावित संलग्नताबारे समेत छानबिन गर्नुपर्ने बताए। उजुरीमा उठाइएका विषयको सत्यतथ्य पत्ता लगाउन थप प्रमाण र विवरण संकलन गर्नुपर्ने उनको भनाइ छ।

हाल निर्वाचन प्रहरीको पोसाक खरिदसम्बन्धी उजुरीमाथि लेखा समितिमा छलफल भइरहेको छ।

यसअघि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समेत पोसाक खरिदसम्बन्धी उजुरीबारे तत्काल छानबिन गर्नुपर्ने धारणा राखेका थिए।

पोसाक खरिद प्रक्रियामा अनियमितता भएको हो वा होइन भन्ने विषयमा छानबिन अघि बढेपछि मात्रै वास्तविकता स्पष्ट हुने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Lawmakers Press Army on Drone Unit Cancellation

Kennedy Center Disassembles ‘Blue’ Sculpture Amid Trump-Era Changes

राष्ट्रिय अनुसन्धान विभाग कसको मातहत? सरकार र सांसदबीच टकराव

मध्यपूर्वमा बाह्य हस्तक्षेप रोक्न सुरक्षा संरचना परिवर्तन आवश्यक : सी

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक काठमाडौँमा मञ्चन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu