ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तौल घटाउने ‘जीएलपी–वान’ औषधीले रक्सीको चाहना पनि घटाउन सक्छ : अध्ययन


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   १ : १५   बजे

एजेन्सी । तौल घटाउन प्रयोग गरिने ‘जीएलपी–वान’ समूहका औषधीले शरीरको तौल घटाउनुका साथै रक्सी सेवन गर्ने चाहना र मात्रा पनि कम गर्न सक्ने प्रारम्भिक अध्ययनहरूले देखाएका छन्। यद्यपि, रक्सीको लतको उपचारमा यी औषधी प्रयोग गर्नुअघि थप ठूला र दीर्घकालीन क्लिनिकल अध्ययन आवश्यक रहेको विज्ञहरूले बताएका छन्।

‘वेगभी’, ‘ओजेम्पिक’ र ‘माउन्जारो’ जस्ता औषधीमा क्रमशः सेमाग्लुटाइड र टिरजेपेटाइडजस्ता सक्रिय तत्व हुन्छन्। यी औषधीले शरीरमा प्राकृतिक रूपमा पाइने ‘जीएलपी–वान’ हर्मोनको जस्तै काम गर्छन्। मुख्यतः भोक कम गर्ने, पेट भरिएको महसुस गराउने र तौल घटाउन सहयोग गर्ने उद्देश्यले यिनको प्रयोग हुँदै आएको छ।

रक्सीप्रतिको ‘क्रेभिङ’ घट्ने संकेत

पछिल्लो समय अनुसन्धानकर्ताहरूले यी औषधीले मस्तिष्कको ‘रिवार्ड सिस्टम’मा पार्ने प्रभावबारे अध्ययन गरिरहेका छन्। प्रारम्भिक अनुसन्धानले जीएलपी–वान औषधीले रक्सी तथा निकोटिनजस्ता पदार्थप्रतिको तीव्र चाहना अर्थात् ‘क्रेभिङ’ कम गर्न सक्ने संकेत गरेको छ।

केही प्रयोगकर्ताले औषधी सुरु गरेपछि रक्सी पिउने मात्रा उल्लेख्य रूपमा घटेको अनुभव सुनाएका छन्। कतिपयले रक्सीप्रतिको चाहना नै हराएको बताएका छन् भने केहीमा रक्सी सेवन गर्दा वाकवाकी, पेट असहज हुने वा अत्यधिक भरिएको महसुस हुनेजस्ता समस्या देखिएको बताइएको छ।

तर सबै व्यक्तिमा यसको प्रभाव समान देखिएको छैन। केहीले औषधी प्रयोग गरेपछि रक्सी सेवनमा कुनै उल्लेख्य परिवर्तन महसुस नगरेको बताएका छन्।

अनुसन्धान अझै प्रारम्भिक चरणमा

केही अवलोकनात्मक अध्ययनले जीएलपी–वान औषधी प्रयोग गर्ने व्यक्तिले समग्रमा कम रक्सी सेवन गर्ने संकेत गरेका छन्। रक्सी प्रयोगसम्बन्धी समस्या भएका व्यक्तिमा सेमाग्लुटाइडको प्रयोगपछि रक्सीप्रतिको चाहना घटेको देखाउने अध्ययन पनि भएका छन्।

त्यस्तै, हल्कादेखि मध्यम स्तरको अल्कोहल युज डिसअर्डर भएका व्यक्तिमा जीएलपी–वान समूहका औषधी प्रयोगपछि रक्सी सेवनसम्बन्धी व्यवहारमा सुधार आएको संकेत गर्ने अनुसन्धान पनि सार्वजनिक भएका छन्।

यद्यपि विज्ञहरूले यी प्रारम्भिक परिणामलाई रक्सीको लतको उपचारमा औषधी प्रभावकारी भएको अन्तिम प्रमाणका रूपमा लिन नहुने बताएका छन्। ठूलो संख्यामा मानिस सहभागी भएका र लामो समयसम्म सञ्चालन हुने क्लिनिकल परीक्षण आवश्यक रहेको उनीहरूको भनाइ छ।

चिकित्सकीय परामर्शबिना प्रयोग नगर्न सुझाव

हाल जीएलपी–वान समूहका औषधीलाई अल्कोहल युज डिसअर्डरको मान्य उपचारका रूपमा स्वीकृति दिइएको छैन। त्यसैले रक्सीको लत कम गर्ने उद्देश्यले चिकित्सकीय परामर्शबिना यस्ता औषधी प्रयोग गर्नु उपयुक्त नहुने विज्ञहरूको सुझाव छ।

यी औषधीबाट वाकवाकी, बान्ता तथा पेटसम्बन्धी समस्या देखिन सक्छन्। दुर्लभ अवस्थामा प्यान्क्रियाटाइटिसजस्ता गम्भीर समस्या पनि हुन सक्ने भएकाले चिकित्सकीय निगरानी आवश्यक हुन्छ।

अनुसन्धानकर्ताहरूले जीएलपी–वान औषधीको प्रभाव रक्सीमा मात्र सीमित छ कि छैन भन्नेबारे थप अध्ययन गरिरहेका छन्। धूम्रपान तथा ओपिओइडलगायत अन्य पदार्थको लतमा समेत यसको सम्भावित प्रभावबारे अनुसन्धान भइरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता आरोप, छानबिन समिति गठन गर्न सांसद सुनुवारको माग

संसद्मा कोरम नपुग्नु : नयाँ अनुहार, पुरानै गैरजिम्मेवारी

सम्बन्धित

सेयरबजारमा सामान्य वृद्धि, साढे ३ अर्बको कारोबार

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले थप ३० अर्ब रुपैयाँ तान्दै

राष्ट्रियसभा बैठक सुरु, विभिन्न विधेयक कार्यसूचीमा

दुई दशकदेखि रोकिएन पहिरो, ओखलढुङ्गाका पाँच परिवार उच्च जोखिममा

बूढीगण्डकी फेरि अन्योलमा, ‘घरजग्गा फिर्ता लिने’ प्रभावितको चेतावनी

दोस्रो पर्वत जेसीज कपमा २७ टोली भिड्दै, विजेतालाई १ लाख ११ हजार १११ रुपैयाँ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu