काठमाडौं । मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पोमा चीनको ह्यावल जोलायन म्याक्स विद्युतीय गाडी (ईभी) सार्वजनिक गरिएको छ। यो गाडी नेपाली बजारमा दोस्रोपटक सार्वजनिक गरिएको हो।
निर्माता कम्पनीका अनुसार ह्यावल जोलायन म्याक्सको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर, एक्स्पो अवधिमा खरिद गर्ने ग्राहकले नाइमा अफरअन्तर्गत ५७ लाख ९९ हजार रुपैयाँमै गाडी खरिद गर्न सक्नेछन्।
गाडीमा ५८.३ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गरेपछि यसले करिब ४०० किलोमिटरसम्म यात्रा गर्न सक्छ। यसको ग्राउन्ड क्लियरेन्स १९० मिलिमिटर रहेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्