ओखलढुङ्गा । चम्पादेवी गाउँपालिका–१ र २ मा पर्ने पलापु गाउँको सडकको अवस्था नाजुक बनेको छ । स्थानीयवासीका अनुसार गाउँका सडक माकुराको जालोजस्तै देखिन्छन् ।
जिल्लाका दुर्गम ग्रामीण क्षेत्रमा पछिल्लो समय सडक पहुँच विस्तार भए पनि पलापु गाउँको सडक भने अझै व्यवस्थित हुन सकेको छैन । सडकको दुरवस्थाका कारण स्थानीयलाई आवतजावतमा समस्या हुनुका साथै दैनिक जीवनसमेत कष्टकर बनेको उनीहरूको गुनासो छ । स्थानीयले सडक सुधार तथा स्तरोन्नतिका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्