ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोस्रो पर्वत जेसीज कपमा २७ टोली भिड्दै, विजेतालाई १ लाख ११ हजार १११ रुपैयाँ


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   २ : ३५   बजे

 

पर्वत । पर्वत जेसीजको आयोजनामा हुन लागेको दोस्रो पर्वत जेसीज कप सेभेन ए साइड फुटबल प्रतियोगितामा २७ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।

साउन २८ देखि ३१ गतेसम्म सदरमुकाम कुश्मास्थित बडागाउँचौर खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ। पर्वत जेसीजकी अध्यक्ष शर्मिला शर्माका अनुसार प्रतियोगितामा जिल्लाका विभिन्न क्लब तथा संस्थासहित गण्डकी प्रदेश प्रहरीको टोलीसमेत सहभागी हुँदैछ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, हाइ स्कोरर, राइजिङ प्लेयर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट गोलकिपरलाई समेत पुरस्कृत गरिनेछ। प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषित खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

खेलसँगै वृक्षरोपण

पर्वत जेसीजले सन् २०२६ का लागि अघि सारेको ‘वन टिम : वन भिजन’ नाराअनुसार प्रतियोगिता आयोजना गर्न लागिएको हो। खेलकुदको क्षेत्रमा योगदान पुर्‍याउनुका साथै पर्वत तथा आसपासको क्षेत्रमा विशेषगरी फुटबल विकासका सम्भावना पहिचान गर्ने उद्देश्य रहेको अध्यक्ष शर्माले बताइन्।

प्रतियोगितालाई वातावरणमैत्री र सन्देशमूलक बनाउन प्रत्येक गोल भएको अवसरमा एउटा वृक्षरोपण गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताका संयोजक अन्जोल कर्माचार्यले जेसीज तथा गैरजेसीज क्लब र संस्थाबीच आपसी सम्बन्ध विस्तार गर्न प्रतियोगिताले सहयोग पुग्ने बताए। पर्वत जेसीजका गतिविधिलाई जिल्लामा मात्र सीमित नराखी अन्य जिल्लाका जेसीज तथा विभिन्न संघसंस्था र क्लबहरूसँग जोड्न पनि प्रतियोगिता महत्वपूर्ण हुने उनको भनाइ छ।

गत वर्ष आयोजित पहिलो संस्करणमा १९ टोली सहभागी भएका थिए। उक्त प्रतियोगिताको उपाधि पोखराको ‘होटेल बेन्जु’ले जितेको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तातोपानी नाका बन्द हुँदा व्यापारदेखि राजस्वसम्म असर, अब निरीक्षण होइन परिणाम चाहिन्छ

भ्रष्टाचारको उजुरीमाथि प्रश्न उठाउँदै सार्वजनिक लेखा समिति बैठक बहिष्कार गरे सांसद सुनारले

सम्बन्धित

एनसेल शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक, अफसोर कारोबारमा प्रश्न (पूर्णपाठ)

काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय खोल्ने निर्णय, एनआरएनए पोर्चुगलद्वारा स्वागत

सर्लाहीमा स्रोत नखुलेको ५१ लाख रुपैयाँसहित एक जना पक्राउ

एनसेल सेयर खरिदबिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक

सल्यानमा बोलेरो जिप भेरी नदीमा खस्दा दुई बेपत्ता, दुई घाइते

लागूऔषधविरुद्ध सर्लाहीमा युवाको दौड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu