ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई दशकदेखि रोकिएन पहिरो, ओखलढुङ्गाका पाँच परिवार उच्च जोखिममा


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   २ : ४५   बजे

ओखलढुङ्गा, साउन २७ गते । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँमुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो नियन्त्रण हुन नसक्दा पाँच घरपरिवार उच्च जोखिममा परेका छन्।

सिस्नेखोलाको निरन्तर कटानबाट सुरु भएको पहिरो दिनप्रतिदिन फैलिँदै गएपछि स्थानीय बासिन्दा जोखिम मोलेरै गाउँमा बस्न बाध्य छन्। पहिरोका कारण अहिलेसम्म सयौँ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भइसकेको स्थानीयको भनाइ छ।

डेढ दशकअघि यही वडाको चुप्लु गाउँमा पहिरोले घरखेत बगाएपछि डाँडाखर्कमा बसाइँ सरेका राईबहादुर राईको घरसम्म अहिले पहिरो आइपुगेको छ। उहाँले आफूले ज्यान जोगाउन नयाँ ठाउँमा घर बनाए पनि फेरि पहिरोको जोखिममा परेको बताउनुभयो।

स्थानीय बीरकाजी राईका अनुसार पहिरोको शिरमै गाउँ रहेकाले डाँडाखर्कका पाँच घरसँगै थप करिब ४० घरपरिवार जोखिममा छन्। समयमै घेराबार तथा तटबन्ध निर्माण गरिएको भए अहिलेको अवस्था नआउने उहाँको भनाइ छ।

तीनै तहका सरकारसँग गुहार

पहिरो नियन्त्रणका लागि स्थानीय बासिन्दाले स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग पटक–पटक आग्रह गरे पनि प्रभावकारी काम हुन नसकेको गुनासो गरेका छन्।

पहिरोले जमिन बगाएर लगे पनि त्यसको भूमिकर (तिरो) भने निरन्तर बुझाउनुपरेको भन्दै पीडितहरूले राज्यबाट राहत तथा पहिरो नियन्त्रणका लागि पर्याप्त पहल नभएको बताएका छन्।

पहिरोपीडित गीतामाया राईले आफूहरूको जग्गाजमिन नै बगिसक्दा पनि कर तिर्नुपरेको तर राहत र नियन्त्रणको कार्यक्रम नआएको गुनासो गर्नुभयो।

डाँडाखर्कको समस्या ओखलढुङ्गाका विभिन्न स्थानमा रहेका यस्तै जोखिमयुक्त पहिरोको प्रतिनिधिमूलक उदाहरण भएको स्थानीयको भनाइ छ। जिल्लाका दर्जनौँ स्थानमा वर्षौँदेखि ठूला पहिरोले नागरिकलाई समस्यामा पार्दै आएका छन्।

जोखिमयुक्त पहिरोको दीर्घकालीन प्राविधिक समाधान, प्रभावित परिवारको सुरक्षित पुनःस्थापना र जीविकोपार्जनको संरक्षणका लागि तीनै तहका सरकारले तत्काल पहल गर्नुपर्ने देखिन्छ। रासस

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी विद्रोहपछि पनि युवाका समस्या समाधान भएनन् : आङ्देम्बे

एमाले पुनर्जागरण अभियानद्वारा ओलीलाई आठबुँदे माग

सम्बन्धित

सल्यानमा बोलेरो जिप भेरी नदीमा खस्दा दुई बेपत्ता, दुई घाइते

लागूऔषधविरुद्ध सर्लाहीमा युवाको दौड

भारतमा नेपाली समुदाय : पहिचान र अधिकारको जटिलता

गृहमन्त्रीले संसदीय समितिलाई बेवास्ता गरेको एमाले सांसदको आरोप

कुमारी बैंक चार वर्षपछि लाभांश वितरण गर्न सक्ने अवस्थामा

सेयरबजारमा सामान्य वृद्धि, साढे ३ अर्बको कारोबार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu