ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले थप ३० अर्ब रुपैयाँ तान्दै


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ३ : ०५   बजे

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले थप ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक महिनाका लागि उक्त रकम प्रणालीबाट खिच्न लागेको हो।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अत्यधिक भए पनि कर्जाको माग अपेक्षाकृत कमजोर रहेपछि राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत अतिरिक्त तरलता व्यवस्थापन गर्दै आएको छ।

यसअघि साउन २२ गते पनि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ एक महिनाका लागि निक्षेप संकलन गरेको थियो। त्यसपछि पनि प्रणालीमा पर्याप्त तरलता रहेकाले थप ३० अर्ब रुपैयाँ संकलन गर्न लागिएको हो।

प्रणालीमा १५ खर्बसम्म तरलता

बैंक तथा वित्तीय संस्थासँग करिब १५ खर्ब रुपैयाँ बराबरको अधिक लगानीयोग्य पूँजी रहेको बताइएको छ। कर्जाको माग पर्याप्त रूपमा विस्तार हुन नसक्दा लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था देखिँदै आएको छ।

बैंकहरूमा निक्षेप बढ्दै जाने तर त्यसअनुसार कर्जा प्रवाह विस्तार नहुँदा उपलब्ध रकमको ठूलो हिस्सा प्रणालीमै निष्क्रिय रहने अवस्था सिर्जना भएको छ। यही अतिरिक्त तरलतालाई राष्ट्र बैंकले निक्षेप संकलनलगायतका मौद्रिक उपकरण प्रयोग गरी व्यवस्थापन गर्दै आएको हो।

बोलकबोलबाट ब्याजदर निर्धारण

राष्ट्र बैंकले जारी गर्ने ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरणको बोलकबोल र निष्कासन असार ३ गते हुने जनाइएको छ। यसको ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ।

उक्त निक्षेपको साँवा तथा ब्याज २०८३ भदौ ३१ गते भुक्तानी गरिनेछ।

यस उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन्।

कर्जा विस्तार सुस्त हुँदा राष्ट्र बैंकको हस्तक्षेप

बैंकिङ प्रणालीमा अधिक तरलता रहँदा ब्याजदर घट्ने दबाब बढ्छ। तर कर्जाको माग कमजोर हुँदा बैंकहरूले उपलब्ध रकम लगानी गर्न नसक्ने अवस्था आउँछ। यस्तो अवस्थामा राष्ट्र बैंकले अतिरिक्त रकम अस्थायी रूपमा प्रणालीबाट खिचेर मौद्रिक व्यवस्थापन गर्ने गर्छ।

पछिल्लो समय राष्ट्र बैंकले लगातार निक्षेप संकलनमार्फत प्रणालीको अतिरिक्त तरलता प्रशोधन गरिरहेकाले बैंकिङ क्षेत्रमा पैसा प्रशस्त भए पनि त्यसको उत्पादक उपयोग र कर्जा विस्तार मुख्य चुनौतीका रूपमा देखिएको छ। अब ३० अर्ब रुपैयाँ थप निक्षेप संकलनपछि बैंकिङ प्रणालीको तरलता र ब्याजदरमा कस्तो प्रभाव पर्छ भन्ने चासोको विषय बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तातोपानी नाका बन्द हुँदा व्यापारदेखि राजस्वसम्म असर, अब निरीक्षण होइन परिणाम चाहिन्छ

भ्रष्टाचारको उजुरीमाथि प्रश्न उठाउँदै सार्वजनिक लेखा समिति बैठक बहिष्कार गरे सांसद सुनारले

सम्बन्धित

एनसेल शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक, अफसोर कारोबारमा प्रश्न (पूर्णपाठ)

काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय खोल्ने निर्णय, एनआरएनए पोर्चुगलद्वारा स्वागत

सर्लाहीमा स्रोत नखुलेको ५१ लाख रुपैयाँसहित एक जना पक्राउ

एनसेल सेयर खरिदबिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक

सल्यानमा बोलेरो जिप भेरी नदीमा खस्दा दुई बेपत्ता, दुई घाइते

लागूऔषधविरुद्ध सर्लाहीमा युवाको दौड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu