ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लागूऔषधविरुद्ध सर्लाहीमा युवाको दौड


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ४ : १५   बजे

सर्लाही । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सर्लाहीको हरिवनमा लागूऔषधविरुद्ध युवा दौड प्रतियोगिता आयोजना गरिएको छ।

सर्लाही युथ फोरमको आयोजनामा बुधबार बिहान भएको प्रतियोगितामा एक सयभन्दा बढी युवाको सहभागिता रहेको थियो। ‘लागूऔषधविरुद्ध हाम्रो दौड’ नारासहित नयाँरोडदेखि हरिवनसम्म दौड आयोजना गरिएको हो।

प्रतियोगितामा अशोककुमार साह प्रथम, विक्रम यादव दोस्रो र आकाश मुखिया तेस्रो भएका छन्। विजेताले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन्।

सर्लाहीमा पछिल्लो समय लागूऔषध सेवनको समस्या बढ्दै गएको भन्दै युवामा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको फोरमकी अध्यक्ष आरती लामाले बताइन्।

उनले लागूऔषधका कारण युवाको सिर्जनशीलता प्रभावित भइरहेको भन्दै युवालाई स्वस्थ, अनुशासित तथा मानसिक र शारीरिक रूपमा सक्षम बनाउन राज्यले विशेष ध्यान दिनुपर्ने बताइन्।

यसैबीच, अगस्ट १२ अर्थात् आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। यस वर्षको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ तय गरिएको छ।

युवाको भूमिका र महत्वलाई उजागर गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००० देखि हरेक वर्ष अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै आएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सडक निर्माणमा जग्गाधनीलाई मुआब्जा अनिवार्य: सर्वोच्च अदालतको फैसला

कोसी सरकारबाट कांग्रेस बाहिरियो, एमाले–नेकपाबीच नयाँ सत्ता समीकरणको तयारी

सम्बन्धित

गाँजा खरिदको पैसामा विवाद हुँदा वृद्धाको हत्या, आरोपी पक्राउ

सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट र शुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

प्राकृतिक स्रोतको सम्भावना उपयोग गर्न नीतिगत सुधार आवश्यक : सांसद अधिकारी

एनसेल शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक, अफसोर कारोबारमा प्रश्न (पूर्णपाठ)

काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय खोल्ने निर्णय, एनआरएनए पोर्चुगलद्वारा स्वागत

सर्लाहीमा स्रोत नखुलेको ५१ लाख रुपैयाँसहित एक जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu