ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्मार्ट टेलिकम सम्पत्ति लिलामी प्रकरणमा २२ जनाविरुद्ध मुद्दा, ९६ अर्बभन्दा बढी बिगो दाबी


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ४ : ४५   बजे

काठमाडौँ । स्मार्ट टेलिकमको सम्पत्ति लिलामी तथा त्यससँग जोडिएका विभिन्न कारोबारमा अनियमितता भएको आरोपमा ९६ अर्ब १२ करोड १७ लाख रुपैयाँ बिगो दाबी गर्दै २२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बुधबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले करिब तीन महिनासम्म गरेको अनुसन्धानका आधारमा मुद्दा दायर गरिएको जनाइएको छ।

सीआईबीले गत शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन अध्ययनपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार गरी अदालतमा मुद्दा दर्ता गरेको हो।

मुद्दामा स्मार्ट टेलिकम, एनसेल तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) लगायत विभिन्न कम्पनी र तिनका पदाधिकारीलाई प्रतिवादी बनाइएको छ।

प्रतिवादीमाथि आपराधिक विश्वासघात तथा ठगी, संगठित अपराध तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुर अन्तर्गत अभियोग लगाइएको छ।

एनसेलका पदाधिकारीसहित सात विदेशी नागरिक प्रतिवादी

मुद्दामा एनसेलका अध्यक्ष सतिशलाल आचार्य, सञ्चालक सदस्य सचिनलाल आचार्यसहित सात विदेशी नागरिकलाई प्रतिवादी बनाइएको छ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे, प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाँडेसहित बैंकसँग सम्बन्धित आठ जनाविरुद्ध समेत अभियोग दायर भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी, स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशी तथा स्मार्ट टेलिकमको लिलामी प्रक्रियामा सहभागी अन्य तीन कम्पनीसँग सम्बन्धित व्यक्तिलाई समेत प्रतिवादी बनाइएको छ।

मुद्दाको सबैभन्दा ठूलो बिगो दाबी भने एनसेल र त्यसका पदाधिकारीसँग सम्बन्धित रहेको बताइएको छ। उनीहरूविरुद्ध मात्रै करिब ८७ अर्ब रुपैयाँ बिगो दाबी गरिएको छ।

करिब ९ अर्ब रुपैयाँको सम्पत्तिबाट अनुसन्धान सुरु

सीआईबीले स्मार्ट टेलिकमसँग सम्बन्धित करिब ४ अर्ब ६० करोड रुपैयाँ मूल्य बराबरको सम्पत्ति बैंकमार्फत एनसेललाई गैरकानुनी रूपमा लिलामी गरिएको हुनसक्ने आशंका बाट अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धान अघि बढ्दै जाँदा विषय लिलामी प्रक्रियामा मात्र सीमित रहेन।

स्मार्ट टेलिकम र एनसेलबीच विगतमा भएका कारोबार, सेयर हस्तान्तरण तथा त्यससँग जोडिएका अन्य वित्तीय गतिविधिलाई समेत अनुसन्धानको दायरामा ल्याइएको थियो।

स्मार्ट टेलिकम, एनआईएमबी तथा तिनका पदाधिकारी, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष भण्डारी र स्मार्ट टेलिकमका अध्यक्ष जोशीलगायतका प्रतिवादीसँग सम्बन्धित कसुरमा करिब ९ अर्ब रुपैयाँ बिगो दाबी गरिएको छ।

यसरी अनुसन्धानको प्रारम्भिक विषय एउटा सम्पत्ति लिलामी भए पनि त्यससँग जोडिएका विगतका वित्तीय कारोबारसम्म अनुसन्धान विस्तार भएपछि कुल बिगो रकम अत्यन्त ठूलो देखिएको हो।

को–को पक्राउ परे ?

मुद्दामा प्रतिवादी बनाइएकामध्ये एनआईएमबीका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाँडे, नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी, स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशी तथा पलिना श्रेष्ठ र नरेन्द्र उलक पक्राउ परेका थिए।

पक्राउ परेकामध्ये भूपेन्द्र भण्डारी हाल प्रहरी हिरासतमा रहेको बताइएको छ।

ज्योतिप्रकाश पाँडे र सर्वेश जोशी भने सर्वोच्च अदालतको आदेशपछि रिहा भएका थिए। श्रेष्ठ र उलकलाई प्रहरीले हाजिरी जमानीमा छाडेको थियो।

केही प्रतिवादी फरार

एनसेलका अध्यक्ष सतिशलाल आचार्य र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित केही प्रतिवादीलाई फरार सूचीमा राखेर मुद्दा दायर गरिएको छ।

फरार प्रतिवादीलाई नेपाल ल्याउन प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत डिफ्युजन वा रेड नोटिस प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

अदालतमा मुद्दा दायर भएसँगै अब प्रतिवादीमाथिको अभियोग, बिगो दाबी तथा पक्राउ परेकाहरूको थुनछेकसम्बन्धी निर्णय अदालतको प्रक्रियाबाट अघि बढ्नेछ।

स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणले नेपालमा दूरसञ्चार क्षेत्रको सम्पत्ति, बैंकिङ कारोबार, कम्पनीबीचको वित्तीय सम्बन्ध र नियामकीय भूमिकासँग सम्बन्धित गम्भीर प्रश्न उठाएको छ।

सीआईबीको अनुसन्धानले एउटा कम्पनीको सम्पत्ति लिलामी प्रक्रियाबाट सुरु भएर दूरसञ्चार कम्पनीबीचका कारोबार, सेयर हस्तान्तरण, बैंकिङ प्रक्रिया तथा नियामक निकायका पदाधिकारीको भूमिकासम्म आफ्नो दायरा विस्तार गरेको देखिन्छ।

अब अदालतमा हुने सुनुवाइबाट लिलामी प्रक्रिया कानुनसम्मत थियो वा थिएन, विभिन्न कारोबारमा कसको कस्तो भूमिका थियो तथा अभियोगमा दाबी गरिएको ठूलो बिगो रकम कसरी स्थापित हुन्छ भन्ने विषय स्पष्ट हुँदै जानेछ।

९६ अर्ब १२ करोड १७ लाख रुपैयाँको बिगो दाबी भएको यो मुद्दा नेपालमा दूरसञ्चार, बैंकिङ र कर्पोरेट कारोबारसँग जोडिएको पछिल्लो समयकै महत्वपूर्ण वित्तीय अपराधसम्बन्धी मुद्दामध्ये एक बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाँदरको आतङ्कले किसान चिन्तित, अनुदानभन्दा नियन्त्रण माग

देशभर मनसुनी वायुको प्रभाव, केही प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

सम्बन्धित

रोल्पामा पहिरोले घर र गोठ पुरिँदा दुई जनाको मृत्यु, दुई घाइते

नाइमा मोबिलिटी एक्स्पोमा अटो लोनको होड : बैंकहरूले ल्याए सस्तो ब्याजदेखि २४ घण्टामै कर्जासम्मका योजना

विदेशी मुद्राको विनिमयदर : डलर, युरो र कुवेती दिनार घट्दा अस्ट्रेलियन डलर बढ्यो

एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन : १५ बुँदे डब्लिन घोषणापत्र जारी

आजको राशिफल : कुन राशिका लागि कस्तो छ बिहीबार ?

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा प्लाजा होटल्स ग्रुपको सहप्रायोजन निरन्तर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu