ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको कार्यशैली र कार्यक्षमतामाथि सांसद रेणु चन्दको प्रश्न


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ३ : ०५   बजे

काठमाडौं । राष्ट्रियसभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद रेणु चन्दले वर्तमान सरकारको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उठाएकी छन्। सरकार गठन भएको चार महिना बितिसक्दा पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै उनले सरकारको आलोचना गरेकी हुन्।

बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद चन्दले सरकारले पूरा गर्न नसकिने आश्वासन बाँडेको आरोप लगाइन्। उनले स्वास्थ्य बिमा, केदारनाथ पराजुली दम्पतीको आत्मदह (जलसमाधि) लगायतका गम्भीर विषयमा सरकारको ध्यानाकर्षण गराइन्।

“१०० दिनमा युवाहरूलाई स्वदेश फर्काउने र रोजगारी दिने भनिएको थियो, तर परिणाम शून्य छ। दरबार हत्याकाण्डदेखि निर्मला पन्त प्रकरणसम्मका मुद्दा चुट्कीको भरमा समाधान गर्छौं भन्नेहरूले अहिले के गरिरहेका छन् ?” भन्दै उनले सरकारसँग प्रश्न गरिन्।

सरकारले आफ्ना कमजोरी लुकाउन विगतका सरकारलाई दोष दिएर उम्कन नमिल्ने उनको भनाइ थियो। जनतालाई प्रश्न गर्दा उल्टै हप्काउने प्रवृत्ति देखिएको आरोप लगाउँदै उनले भनिन्, “तपाईंहरूको असक्षमताको भारी हामी बोक्दैनौँ।”

सांसद चन्दले आधारभूत आवश्यकताका वस्तुसमेत सहज रूपमा उपलब्ध गराउन नसक्ने सरकारले विगतको ३५ वर्षको हिसाब माग्नुको नैतिक आधारमाथि समेत प्रश्न उठाइन्।

“जनतालाई आधा सिलिन्डर ग्यास दिन नसक्नेले कुन नैतिकताले हामीसँग ३५ वर्षको हिसाब माग्छ, यही ताजुबको कुरा भइसकेको छ,” उनले भनिन्।

उनले जनताका आधारभूत समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने र जनताले उठाएका प्रश्नबाट विचलित नभई जिम्मेवार ढंगले काम गर्न आग्रह गरिन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी बस्ती हटाइएपछि चारको मृत्यु, विस्थापितको भविष्य अझै अनिश्चित

हवाई दुर्घटना हुनै नदिने वातावरण बनाउन सरकार प्रतिबद्ध : मन्त्री पौडेल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुकुम्वासी बस्ती हटाइएपछि चारको मृत्यु, विस्थापितको भविष्य अझै अनिश्चित

Putin Highlights India’s Growing Interest in Arctic Shipping Route

Russia Accuses Ukraine of Obstructing Prisoner Exchanges

हवाई दुर्घटना हुनै नदिने वातावरण बनाउन सरकार प्रतिबद्ध : मन्त्री पौडेल

कांग्रेसको सहकार्यप्रति मुख्यमन्त्री कार्कीको आभार, रिक्त मन्त्रालय आफैँसँग

डा. शशांक कोइरालाको दाबी– ‘हाम्रो सभापति देउवा नै हो’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu