ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेस काउन्सिलद्वारा किशोर श्रेष्ठ पक्राउ र सञ्चार सामग्री जफतप्रति आपत्ति


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ३ : ०५   बजे

काठमाडौँ । प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। सञ्चार माध्यमको कार्यालयमा प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति समेत काउन्सिलले चिन्ता व्यक्त गरेको छ।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा श्रेष्ठलाई साउन २७ गते बुधबार राति निजी निवासबाट खानतलासी गरी पक्राउ गरिएको उल्लेख छ। बिहीबार बिहान सञ्चार माध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको पनि विज्ञप्तिमा जनाइएको छ।

नागरिकको सूचनाको हक प्रेस स्वतन्त्रताबाटै प्रत्याभूत हुने भन्दै काउन्सिलले प्रेसको मर्यादा कायम राख्नु सबै सरोकारवालाको कर्तव्य भएको जनाएको छ। पत्रकार वा सञ्चार माध्यमबाट आचारसंहिता उल्लङ्घन भएको अवस्थामा काउन्सिलमा उजुरी गर्न सकिने कानुनी व्यवस्था रहेको पनि काउन्सिलले स्मरण गराएको छ।

काउन्सिलले सञ्चारकर्मीलाई सत्य, तथ्य, सन्तुलित र विश्वसनीय पत्रकारिता गर्न आग्रह गरेको छ।

कानुनी प्रक्रियाबाट समाधान गर्न आग्रह

कुनै समाचार वा सञ्चार सामग्रीप्रति चित्त नबुझेमा कानुनी प्रक्रिया अवलम्बन गरी प्रेस काउन्सिल नेपालमा उजुरी दिन सम्बन्धित सबै पक्षलाई काउन्सिलले अनुरोध गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मृत्युपछिको अङ्गदानबाट आठ जनासम्मको ज्यान बचाउन सकिने

गर्भवतीसहित दुई जनाको हवाई उद्धार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मृत्युपछिको अङ्गदानबाट आठ जनासम्मको ज्यान बचाउन सकिने

मुद्दा परे पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटिलता नरहेको राष्ट्र बैंकको भनाइ

गर्भवतीसहित दुई जनाको हवाई उद्धार

आन्तरिक आम्दानीबाटै देश विकास गर्ने लक्ष्यका साथ बजेट ल्याइएको छ : अर्थमन्त्री वाग्ले

सुकुम्वासी बस्ती हटाइएपछि चारको मृत्यु, विस्थापितको भविष्य अझै अनिश्चित

Putin Highlights India’s Growing Interest in Arctic Shipping Route

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu