ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झारखण्डमा विद्यार्थी आन्दोलन चर्किएपछि मुख्यमन्त्री आवासको सुरक्षा कडा


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ३ : १५   बजे

काठमाडौं । भारतको झारखण्डमा सरकारी तथा सार्वजनिक सेवाका भर्ना परीक्षामा अनियमितता भएको भन्दै विद्यार्थी आन्दोलन चर्किएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

आन्दोलनको आगामी चरणलाई ध्यानमा राख्दै राँची जिल्ला प्रशासनले मुख्यमन्त्री आवाससहित आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाएको हो। आन्दोलनकारी विद्यार्थीहरूले अगस्ट २० मा मुख्यमन्त्री आवास घेराउ गर्ने तयारी गरिरहेको बताइए पनि यसको औपचारिक घोषणा भने नभएको जनाइएको छ।

गुप्तचर निकायबाट प्राप्त सूचनाका आधारमा काँके रोडस्थित मुख्यमन्त्री आवास र आसपासका क्षेत्रमा प्रहरी परिचालन बढाइएको छ। सबै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको बताइएको छ।

१०० भन्दा बढी थप सुरक्षाकर्मी परिचालन

मुख्यमन्त्री आवासको सुरक्षाका लागि १०० भन्दा बढी थप सशस्त्र सुरक्षाकर्मी परिचालन गरिएको छ। उनीहरूमा ‘झारखण्ड जगुआर’ र ‘झारखण्ड आर्म्ड पुलिस’का जवानसमेत रहेका छन्।

परीक्षा प्रणाली सुधारको माग

आन्दोलनरत विद्यार्थीहरूले राज्यमा भएका विवादित भर्ना परीक्षाको निष्पक्ष छानबिन तथा परीक्षा प्रणालीमा व्यापक सुधारको माग गरेका छन्।

उनीहरूले झारखण्ड लोक सेवा आयोगअन्तर्गतका सिभिल सेवा परीक्षा र झारखण्ड कर्मचारी चयन आयोगका परीक्षामा भएको भनिएको अनियमितता तथा ‘पेपर लिक’ घटनाको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)बाट छानबिन हुनुपर्ने माग अघि सारेका छन्।

विधानसभा घेराउका क्रममा झडप

यसअघि अगस्ट १० मा विद्यार्थीहरूले झारखण्ड विधानसभा घेराउ गरेका थिए। प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो।

प्रहरीले भीड नियन्त्रण गर्न पानीको फोहरा र अश्रुग्यास प्रयोग गरेको थियो। त्यसपछि लाठीचार्जसमेत गरिएको बताइएको छ।

प्रहरी कारबाहीपछि आन्दोलनकारी विद्यार्थीहरूले आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेका थिए। आफ्ना मागमा सरकारले ठोस निर्णय नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरूको भनाइ छ।

अगस्ट २० मा मुख्यमन्त्री आवास घेराउ गर्ने तयारी भए पनि त्यसको औपचारिक घोषणा भने भइनसकेको बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

खगेन्द्र सुनारको प्रस्तुतिप्रति सभामुख अर्यालको ध्यानाकर्षण

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री वाग्ले

सम्बन्धित

बंगलादेशमा ऊर्जा संकट चर्किएपछि राति ८ बजेपछि सपिङ मल र पसल बन्द

दिल्लीको लालकिल्ला विस्फोटमा AQIS संलग्न रहेको राष्ट्रसंघीय प्रतिवेदनको दाबी

रुसमा ५० हजारसम्म उत्तर कोरियाली सैनिक तैनाथ हुन सक्ने जेलेन्स्कीको दाबी

कक्रोच पार्टीका संस्थापक दिपकेले भने– ‘जन्तर–मन्तरको सिजन–२’ चाँडै सुरु हुँदैछ

रुसी जहाज जफत गरे युरोपेली जहाज पनि जफत गर्ने पुटिनको चेतावनी

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले राजीनामा दिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu